बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • न्यूनतम साझा कार्यक्रम तय भएपछि मन्त्रिपरिषद् विस्तार हुने
भर्खरै

न्यूनतम साझा कार्यक्रम तय भएपछि मन्त्रिपरिषद् विस्तार हुने

  • सिधा दृष्टी सोमवार, साउन १८, २०७८ | August 2, 2021

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ तय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् ।

आज बसेको गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै तयार गरिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनले भने,‘न्यूनतम साझा कार्यक्रम चाँडै बनाएर जाने विषयमा सहमति बनेको छ ।’ मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा समेत सामान्य छलफल भएको उनले बताए ।

अध्यक्ष यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा

सहभागी हुने टुंगो एक(दुई दिनभित्र लाग्ने बताए । उनले भने,‘माधव नेपालजी सरकारमा आउने टुंगो एक(दुई दिनमा लाग्छ ।’प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको हो ।

गठबन्धनमा रहेका दलले गठन गरेको कार्यदलले भोलि सरकारको न्यूनतम साझा कार्यक्रमबारेको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय