बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने
भर्खरै

आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने

  • सिधा दृष्टी सोमवार, साउन १८, २०७८ | August 2, 2021
A woman shields herself from rain with an umbrella and her son with a raincoat. Kathmandu recorded 5.5mm rainfall in the last 24 hours, according to weather office. Photo: Skanda Gautam/ THT

आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही भू-भागमा मेघ गर्जनसहित भारी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

अहिले देशका अधिकांश भू-भागमा बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा वर्षा भइरहेको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ बागमती

र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । भोलि राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार देशभर बदली हुने छ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय