सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एकता प्रयास चलिरहेका बेला एमालेको संस्थापन पक्ष महाधिवेशनको तयारीमा
भर्खरै

एकता प्रयास चलिरहेका बेला एमालेको संस्थापन पक्ष महाधिवेशनको तयारीमा

  • सिधा दृष्टी आइतवार, साउन १७, २०७८ | August 1, 2021

काठमाडौं । दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष आफ्नो योजना अनुसार अघि बढेको छ ।

ओली पक्षीय स्थायी कमिटीमा विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ । आज बसेको स्थायी कमिटी बैठकमा भदौ २७–२८ मा विधान अधिवेशनको प्रस्ताव गरिएको छ ।

बैठकले साउन २४ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले असोज ३ मा देशभरका वडा अधिवेशन र असोज ९ मा स्थानीय तहको अधिवेशन गर्ने प्रस्ताव पनि गरेको

महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी हुनुभयो । नेपाल खनाल पक्षले पहिले झै बैठक बहिस्कार गरेको छ । वरिष्ठ नेता नेपाललाई मिल्नु पर्छ भनेर दबाब दिईरहेका नेपाल पक्षकै नेताहरु पनि बैठकमा सहभागी भएनन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय