सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कर्णालीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता, एक जनाको मृत्यु
भर्खरै

कर्णालीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता, एक जनाको मृत्यु

  • सिधा दृष्टी आइतवार, साउन १७, २०७८ | August 1, 2021

भजनी । कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ ।

कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

डुङ्गा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल–३ बस्ने २० वर्षीया उर्मिला सलामीमगर, उर्मिलाको १० दिनको शिशु र सोही ठाउँ बस्ने २० वर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

त्यस्तै

डुङ्गा दुर्घटनामा घाइते भएकी मोहन्याल– ३ बस्ने १९ वर्षीया धनसरा सलामीमगरको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँका एक महिनाका छोरा कर्ण सलामी गम्भीर घाइते भएका छन् । डुङ्गामा १० मान्छे सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाको खोजीका लागि इलाका प्रहरी कार्यालय सुगरखालको टोली घटनास्थलमा खटिएको जनाइएको छ । यहाँ सहजरूपमा आवागमनका लागि पुलको व्यवस्था नहुँदा नागरिकले जोखिमको यात्रा गर्न बाध्य छन् । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय