नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्दै छ ।
यसअघि शनिबार बसेको स्थायी कमिटीको बैठक पार्टीको एकताका लागि केही सयम पर्खिने निष्कर्ष निकाल्दै सकिएको थियो । हिजोको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकबाट एजेन्डागत छलफल सुरु हुने छ । बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणका बारेमा छलफल हुने बताइएको छ ।