आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ‘डेल्टा भेरिएन्ट’ फैलिँदै, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि
भर्खरै

‘डेल्टा भेरिएन्ट’ फैलिँदै, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

  • सिधा दृष्टी आइतवार, साउन १७, २०७८ | August 1, 2021

चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ ।

चीनमा पछिल्ला दिनहरूमा विश्वका अन्य मुलुकमा जस्तै कोभिड–१९ को नयाँ प्रकार ‘डेल्टा भेरिएन्ट’ बाट सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि भइरहेको पाइएको छ । थप सङ्क्रमितमध्ये ३० व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने अन्य विदेशबाट आएका यात्रुमा भेटिएको हो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा दुई र लियोनिङ, फुजियान र सिचुआनमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय सञ्चारमाध्यम ‘चाइना

डेली’ले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले २५ सङ्क्रमित विदेशबाट आउने व्यक्तिमा भेटिएको जनाएका छन् । यसमध्ये नौ युनानमा, आठ शाङ्घाईमा, तीन तियानजिनमा, झेजियाङ र फुजियानमा चार र एउटा ग्वाङ्गडोङमा सङ्क्रमित रहेका छन् ।

ग्लोबल टाइम्सका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङको विमानस्थलबाट कोभिड–१९ सङ्क्रमितका बिरामीहरू भेटिएका थिए । नानजिङमा जुलाई २० मा पहिलो सङ्क्रमित भेटिएपछि अहिलेसम्म १८४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय