बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मन्त्री छान्न माओवादी केन्द्रका स्थायी कमिटी बैठक बस्दै
भर्खरै

मन्त्री छान्न माओवादी केन्द्रका स्थायी कमिटी बैठक बस्दै

  • सिधा दृष्टी आइतवार, साउन १७, २०७८ | August 1, 2021

काठमाडौं । सरकारमा पठाउने मन्त्रीहरुका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा वर्तमान सरकारमा पठाउने मन्त्रीहरुका बारेमा छलफल हुने बताइएको छ । अहिलेको सरकारमा माओवादीको तर्फबाट दुई जना मन्त्री मात्र सहभागि छन् ।

माओवादीले आफ्नो भागमा परेका ७ मध्ये अरु ५ जना मन्त्री र एक राज्यमन्त्री छान्न सकेको छैन । गत असार २९ गते प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचना बढ्न थालेको छ ।

देउवाले

हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादव र संघीय परिषद् अध्यक्षसँग छलफल गरी छिटो सरकारमा सहभागि हुने मन्त्रीको नाम दिन आग्रह गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय