बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु
भर्खरै

सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

  • सिधा दृष्टी शनिबार, साउन १६, २०७८ | July 31, 2021

भजनी । कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ ।

वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पु¥याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिनुभयो । वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय