• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, अशोज २, २०७८ | Saturday 18th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा
भर्खरै

तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा

  • सिधा दृष्टी शनिबार, साउन १६, २०७८ | July 31, 2021

महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए पनि बटुक र विद्यालय परिवारले अनुदान मागेरै भए पनि दैनिक रुद्राभिषेक पूजालाई भने निरन्तरता दिएका छन् ।

विसं १७७५ मा स्थापित बालागुरु षडानन्दलेसमेत पढेको देशकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत विद्यालय मटिहानी, महोत्तरीमा अध्ययनरत बटुक (विद्यार्थी) निश्चल अधिकारी विगत चार वर्षदेखि दैनिक बिहान ४ बजे नै उठ्ने गर्छन् ।

अँध्यारो, वर्षा, गर्मी या जाडो

Real Shoes 1

कुनै समयको पनि प्रवाह नगरी निश्चल प्रतिदिन बिहान ४ बजे नै उठेर आफ्नो नित्यकर्म गरी रुद्राभिषेक ९भगवान् शिवको विशेष पूजा० का लागि फूल टिप्न फूलबारी पस्छन् । अरु बटुक जाग्नुभन्दा पहिले निश्चलले फूल टिपेर गुरुकुलको शिव भवन (रुद्राभिषेक हुने कोठा) मा पुगिसक्छन् ।

यस गुरुकुलमा अध्ययनरत उनी जस्तै अर्का बटुक खगेन्द्र उपाध्याय पनि एकाबिहानै उठेर आफ्ना नित्यकर्म गरी रुद्राभिषेकका लागि विशेष कक्ष (मन्दिर), शिवलिङ्ग तथा शिवलिङ्ग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन् ।

खगेन्द्रले दैनिकरुपमा भगवान् शिवको रुद्राभिषेक पूजामा प्रयोग भएका फूल, चन्दन, धुप, अगरबत्ती, गङ्गाजल र अन्य भोग (प्रसाद) का अवशेष बटुलेर शिवलिङ्गलाई चोख्याउने र शिव भवनलाई दैनिकरुपमै पवित्र पार्ने काम गर्दछन् ।

विगत चार वर्षदेखि निरन्तररुपमा रुद्राभिषेक हुँदै आएको यस गुरुकुलमा अध्ययनरत अर्का बटुक अजित मिश्रले रुद्राभिषेक पूजाका लागि बटुक बस्ने आसनी ओछ्याउने, सरसफाइ गराउने र पूजापश्चात् पुनःआसनी उचित स्थानमा राख्ने काम गर्दछन् । उनीहरुजस्तै यस विद्यालयमा अध्ययनरत बटुक ब्रजभूषण झा, हरिमोहन झालगायत कैयौँ बटुक नित्य हुने रुद्राभिषेक पूजाका लागि केही न केही जिम्मेवारीमा बसेर नित्यदिन भगवान् शिवको आराधना गर्दै आएका छन् ।

गुरुकुलको परम्पराअनुसार पूजापाठबाटै दिनचर्या शुरु हुने यस विद्यालयका सबै छात्रछात्रा रुद्राभिषेक पूजाको तयारीपश्चात् शिव कक्षमा विराजवान शिवलिङ्गलाई गङ्गाजलले स्नान गराई, चन्दन, फूल, प्रसादलगायतका वस्तु सिँगारेर रुद्राभिषेक पूजा शुरु गर्ने गरेको विद्यालयका प्राधानाध्यापक ईश्वरी पौडेलले बताउनुभयो ।

शिवलिङ्गका अगाडि दुई लहरमा बटुक बस्छन् र एकै स्वरमा शुरु गर्दछन् रुद्राभिषेक जप । यो जप गर्दा बटुकको मधुर कण्ठबाट निस्केको पवित्र ध्वनिले गुरुकुलसहित वरपरको वातावरण नै धार्मिक एवं पवत्र हुने गर्दछ ।

बटुकले बिहान नित्य मन्त्र पढ्न थालेपछि गुरुकुलसहित वरपर सबैतिरका व्यक्तिको ध्यानाकर्षण हुनुका साथै यहाँको वातावरण नै शिवभक्तिमा डुबेको महसुस हुन्छ । बिहाने ५ः३० बजेदेखि शुरु हुने रुद्राभिषेक पूजा दैनिक दुईदेखि अढाइ घण्टासम्म चल्ने गर्दछ । सो अवधिभर यस गुरुकुलका सबै शिष्य, गुरु र गुरुकुलमा आएका पाहुनासमेत भगवान शिवको ध्यान र पूजामा समर्पित रहने गर्दछ ।

प्राचीनकालदेखिको गुरु, शिष्य परम्परा अहिले पनि यस विद्यालयमा कायम रहेको देख्न सकिन्छ भने यस विद्यालयमा अध्ययनरत बटुक विगत चार वर्षदेखि एक दिन पनि नबिराइ रुद्राभिषेक पूजा गर्दै आएको प्राधानाध्यापक पौडेल बताउनुहुन्छ ।

यहाँ देशका विभिन्न भूभागबाट १५५ बटुक अध्ययनरत छन् । यस आवासीय विद्यालयमा गरिब, दलित, अनाथ, टुहुरा र विभिन्न जातजातिका बटुकसमेत अध्ययनका लागि सँगै बसेका छन् । यहाँ पहिलेदेखि संस्कृत शिक्षा मात्रै दिँदै आएकामा अहिले विद्यालयमा वेद, संस्कृत साहित्य, ज्योतिष, न्याय परम्परा, संस्कृत तथा नेपाली व्याकरण, कर्मकाण्ड, रुद्री एवं विज्ञान विषयमा शिक्षा दिने गरिएको प्राधानाध्यापक पौडेलले बताउनुभयो । उहाँका अनुसार यहाँ हाल १२ जना शिक्षक हुनुहुन्छ ।

बालगुरु षडानन्दले यही गुरुकुलबाट संस्कृत शिक्षा प्राप्त गरेर भोजपुर जिल्लाको दिङ्गलामा छात्रछात्रालाई पनि वेद, पुराण, कर्मकाण्ड र संस्कृत शिक्षाका लागि विद्यालय सञ्चालन गर्नुभएको थियो । अहिलेको शिक्षा प्रणालीलाई आधुनिक भनिन्छ जहाँ गुरु शिष्यका बीचको सम्बन्ध पहिलेजस्तो छैन । यहाँ भने गुरुकुलकको पुरानो परम्परा बदलिएको छैन ।

गुठी संस्थानले यस विद्यालयमा अध्ययनरत ४४ जना बटुकका लागि छात्रवृत्ति पठाउने गर्दछ । सोही छात्रवृत्तिबाट यस विद्यालयमा अध्ययनरत १५५ जनालाई आवासीय पठनपाठनको जोहो गर्नुपरेको छ । नेपाल सरकारले यो ऐतिहासिक विद्यालयलाई नहेरेको प्राधानाध्यापक पौडेल दुखेसो पोख्नुहुन्छ ।

उहाँले यस गुरुकुलमा अध्ययनरत बटुकमध्ये ४४ जनाका लागि मात्रै आउने छात्रवृत्तिबाट सबै बटुकलाई दैनिक भोजनदेखि पठनपाठनका सबैथोक पूरा गर्नुपर्ने हुँदा बटुकहरुले अझै पनि प्राचीनकालमा जस्तै भिक्षाटन गरेर आफ्नो दैनिकी चलाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

यस विद्यालयको भवन पनि प्राचीन शिक्षाजस्तै निकै पुरानो प्रविधि जस्तै चुन, सुर्की, सख्खरबाट निर्माण भएको छ । अघिको आकर्षक फूलबारीले यस विद्यालयको शोभा निकै बढाएको छ । दुःखको कुरा के छ भने भवन जीर्ण भइसकेकाले ठाउँठाउँमा चिरा परेको छ र वर्षात्मा चुहिने समस्या छ । एक साताअघि मात्रै यस गुरुकुलकको छात्रवासको एउटा कोठाको छत अचानक भत्किएको थियो । दिउँसोको समय भएकाले दुर्घटनाबाट बटुक जोगिएका थिए ।

यस गुरुकुलको भौतिक संरचना प्रचीन एवं पुरातात्विक नै भएकोले यसको संरक्षण हुनुपर्नेमा विज्ञको जोड छ । साथै गुरुकुल परम्परा धानिरहेको यस विद्यालयका लागि आवश्यक शैक्षिक सुधारका लागि पनि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने गुरुकुल परिवारको माग छ ।

तस्बिर रासस

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
मुसिकोट नगरपालिकाका मेयर सापकोटाले भने – अब मेयरमा दोहोरिने इच्छा छैन् , पार्टीको जिम्मेवारी लिन्छु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाले आगामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका छन् । सिधादृष्टिसंगको क्षंक्षिप्त कुराकानीका क्रम्मा आगाामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका हुन् । नगरप्रमुखको लागि निर्वाचित सापकोटाले अब नेकपा एमालेको जिल्ला अध्यक्ष भएर

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व पुर्नगठनको तयारी

काठमाडौँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व पुनर्गठन हुने भएको छ ।

ललितपुरस्थित च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बस्ने सचिवालय बैठकले नेतृत्व पुनर्गठन गर्न लागेको हो ।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने तय

  • १0 घन्टा अघि