बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पूर्वयुवराज पारस शाहद्वारा मादक पदार्थ सेवन गरेर प्रहरीमाथि दुर्व्यवहार
भर्खरै

पूर्वयुवराज पारस शाहद्वारा मादक पदार्थ सेवन गरेर प्रहरीमाथि दुर्व्यवहार

  • सिधा दृष्टी शनिबार, साउन १६, २०७८ | July 31, 2021

काठमाडौं । पूर्वयुवराज पारस शाहबाट ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार भएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित नारायण गोपाल चोकमा हिजो साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा शाहबाट दुर्व्यवहार भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकका थिए । मादक पदार्थसमेत सेवन गरेका शाह प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेको सिंहले बताउनुभयो ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न,

यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गर्नुभएको थियो। त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।

तनाव घट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको थियो ।

कतिपय सर्वसाधारणले ‘आम जनता थियो भने प्रहरीले अघि नै गाडीमा हालेर लगिसक्ने बताउँदै’ प्रहरीप्रति पनि आक्रोश व्यक्त गरेका थिए । केहीबेरमा शाहको समर्थकले पनि उनको पक्षमा नारा लगाएको सुनिन्छ ।

पछि सम्झाइबुझाइ गरेर हेल्मेट लगाउन लगाएर पठाइएको एसएसपी सिंहले जानकारी दिनुभयो । पूर्वयुवराज शाह पटकपटक उत्श्रृङ्खल गतिविधि गरेर चर्चामा आइरहने पात्र हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय