बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टोकियो ओलम्पिकमा चीन ४० पदकसहित शीर्ष स्थानमा
भर्खरै

टोकियो ओलम्पिकमा चीन ४० पदकसहित शीर्ष स्थानमा

  • सिधा दृष्टी शनिबार, साउन १६, २०७८ | July 31, 2021

टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा कायमै छ ।

आठौं दिनको समाप्तिमा चीन १९ स्वर्ण, १० रजत र ११ काँस्य जित्दै कूल ४० पदकसहित शीर्ष स्थानमा रहेको छ । हिजोसम्म कूल १ सय ३३ स्वर्ण पदकको छिनोफानो भैसकेको छ ।

त्यस्तै आयोजक जापान दोस्रो स्थानमा रहँदा अमेरिका तेस्रो स्थानमा छ । जापानले १७ स्वर्ण, ४ रजत र ७ काँस्य जित्दा अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ काँस्य पदक जितेको छ ।

यस्तै एक स्वर्ण जित्ने राष्ट्रको

संख्या २४ पुगेको छ । आज २१ स्वर्ण पदकका लागि विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ ।

परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय