बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काँग्रेस क्रियाशील सदस्यता विवाद समाधान पाँच दिन भित्र गर्ने तीन नेताका बीच सहमति
भर्खरै

काँग्रेस क्रियाशील सदस्यता विवाद समाधान पाँच दिन भित्र गर्ने तीन नेताका बीच सहमति

  • सिधा दृष्टी शुक्रबार, साउन १५, २०७८ | July 30, 2021

काठमाडौं । नेपाली कांग्रेसले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने भएको छ ।

पार्टी शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको सबै ९४र४ क्षेत्र०, रसुवा र सिन्धुपाल्चोकको विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने निर्णय गरेको हो । पाँच दिनभित्र यो टुंगाइने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसको बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशिल सदस्यता विवाद टुंग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र

पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी दिएको थियो ।

बैठकले महाधिवेशनको नयाँ कार्यतालिका भने बनाएको छैन । कार्यतालिका बनाउने र त्यसअनुसार काम नहुँदा गलत सन्देश जाने भन्दै सभापति शेरबहादुर देउवाले विवाद टुंगो लगाएपछि मात्र तालिका बनाउनुपर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय