सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जसपाका तीन प्रदेशसभा सांसद पदमुक्त
भर्खरै

जसपाका तीन प्रदेशसभा सांसद पदमुक्त

  • सिधा दृष्टी शुक्रबार, साउन १५, २०७८ | July 30, 2021

बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् ।जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।

तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश

दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किए । १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागिन् । तीन जना महन्थ ठाकुर पक्षमा खुले ।

११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गर्‍यो । पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप छ ।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए ।

प्रदेशसभा सदस्य र पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको पत्र जसपा संसदीय दलमार्फत आएकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सभामुखले तीन सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न लगाएको सूचनामा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय