शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री देउवालाई दक्षिण कोरियाका राष्ट्रपतिले दिए बधाई
भर्खरै

प्रधानमन्त्री देउवालाई दक्षिण कोरियाका राष्ट्रपतिले दिए बधाई

  • सिधा दृष्टी शुक्रबार, साउन १५, २०७८ | July 30, 2021

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले शुक्रबार हस्तान्तरण गरेका हुन् ।
बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताए । यस्तै कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नेबारेमा प्रधानमन्त्रीले विचार विमर्श

गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबारै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच पारस्परिक हितका विषयसहित कोभिड–१९ विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवर्द्धनबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय