काठमाडौं । पछिल्लो २४ घण्टामा देश भर गरेर ३ हजार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् ।
९ हजार ७ सय ८३ जनाको पीसीआर र ४ हजार ८ सय ७८ जनाको एन्टीजेन गरी १४ हजार ६ सय ६१ जनाको परीक्षण भएकोमा ३ हजार ६ सय ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज थप १ हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ५२ हजार २ सय ६१ जना
संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ ।
पछिल्लो पटक थप २७ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ९ हजार ८ सय ३४ पुगेको छ ।