सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता
भर्खरै

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

  • सिधा दृष्टी शुक्रबार, साउन १५, २०७८ | July 30, 2021

गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।

उनीहरु बिहीबार दिउँसो करिब १ः०० बजेको समयमा पौडी खेल्न कालीण्डकी किनारा निरयघाट गएको प्रनाउ हवारीले बताउनुभयो । चार जना बालक पौडी खेल्न गएकामा अन्य दुई जना प्रश्न विक र

विशन पुन भने सम्पर्कमा आएका थिए ।

बेपत्ता दुई बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजीकार्यमा विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको छ ।रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय