बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा
Uncategorized

चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा

  • सिधा दृष्टी बिहिबार, साउन १४, २०७८ | July 29, 2021

वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ ।

आगामी २०७९ साल जेठको तेस्रो हप्तादेखि उक्त बस सञ्चालन गर्न हेटौँडास्थित वाग्मती प्रदेश यातायात व्यवस्थापन बोर्डलाई काठमाडौँको बसपार्क, चितवनको भरतपुर बसपार्क, नुवाकोटको विदुर बसपार्क र मकवानपुरको हेटौँडा बसपार्कमा विद्युतीय चार्जिङ स्टेशन निर्माणका लागि सरकारले आवश्यक जग्गा उपलब्ध गराएको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिकाको बेलटार, काभ्रेको धुलिखेल र सिन्धुलीको बसपार्कमा जग्गा उपलब्ध गराउन कानूनी प्रक्रिया पूरा भइसकेको बोर्डका कार्यकारी निर्देशक

जगदिशप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् ।

आगामी भदौ मसान्तभित्रमा काठमाडौंलगायत ६ वटा बसपार्कमा विद्युत् चार्जिङ स्टेशन निर्माण गरिने भएको छ ।

विद्युतीय बस सञ्चालनका बोलपत्र आह्वान गरिएकामा अहिले दुई वटा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र दर्ता भएको र हाल बोलपत्रको मूल्याङ्कन भइरहेको बोर्डका कार्यकारी निर्देशक ढुङ्गानालाई उद्धृत गर्दै राससले जनाएको छ ।

ढुङ्गानाका अनुसार सरकारी निकायसँग समन्वय गरेर विद्युतीय बस खरीद प्रक्रियालाई पारदर्शी र निष्पक्षताका साथ सार्वजनिकरण गरिने छ ।

तीस वटा बस खरिद गरिनेमा २० वटा काठमाडौं उपत्यकामा र १० वटा उपत्यकाबाहिर सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । सर्वसाधारणले उक्त बसमा यात्रा गर्दा ज्यादै न्यून भाड तिनुपर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय