दमौली । तनहुँको भानु नगरपालिका स्थायी घर भई हाल राजधानीमा बस्दै आएका सन्तोषराज अर्याल तरुण विभाग अन्र्तगतको कला साँस्कृतिक समन्वय विभागको सदस्यमा मनोनित भएका छन् ।
अर्याललाई तरुण विभाग प्रमुख शंकर भण्डारीले सोमबार समन्वय विभागको सदस्यमा मनोनित गरेका हुन् ।सदस्यमा मनोनित अर्याल विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्य र सैदान्तिक राजनीति र प्रजातान्त्रिक समाजवाद अध्ययन केन्द्रको अध्यक्ष समेत हुन ।