बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना संक्रमण झनै बढ्यो, थप ३३ जनाको मृत्यु, ३८४० संक्रमित थपिए
भर्खरै

कोरोना संक्रमण झनै बढ्यो, थप ३३ जनाको मृत्यु, ३८४० संक्रमित थपिए

  • सिधा दृष्टी बुधबार, साउन १३, २०७८ | July 28, 2021

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो पटक संक्रमणदर २४ प्रतिशत नाघेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार पछिल्लो पटक १५ हजार ८ सय ८ परीक्षण गर्दा ३८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । यो २४ दशमलव दुई प्रतिशत हो । १० हजार ८ सय ८६ पीसीआर परीक्षण गर्दा २६ सय ३४ र ४ हजार ९ सय २२ एन्टिजेन परीक्षण गर्दा १२ सय ६ जनामा संक्रमण देखिएको छ ।

थपिएका संक्रमित मध्ये साढे

८ सय भन्दा बढी काठमाडौं उपत्यकामा छन् । काठमाडौंमा ५ सय ५९, ललितपुरमा २ सय ६ र भक्तपुरमा ९४ संक्रमित थपिएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

पछिल्लो पटक ३३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । यो संगै मृतकको संख्या ९ हजार ७ सय ९१ पुगेको छ । थप १९ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

यसआधारमा सक्रिय संक्रमितको संख्या बढेर २९ हजार ४ सय ४४ पुगेको छ । ति मध्ये ६ सय ११ जनाको आइसीयू र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय