गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएकाे छ ।
जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकाेट नगरपालिका- ४ मा लु १ ज ४५ ५९ नम्बरकाे जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटना परी मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–५ बस्ने अन्दाजी ४८ वर्षीय रेशम कार्की, चन्द्रकोट गाउँपालिका–४ का ४५ वर्षीय तेजबहादुर खत्री र रेसुङ्गा नगरपालिका-२ की ६८ वर्षीया सुनिता बिकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
जिपमा ११ जना सवार थिए । जिप सडकबाट ५ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।