गुल्मीको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज- ४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापाकोटाका अनुसार दोभानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन रहेको र घाइते सात जनाको अवस्था गंभीर रहेको छ । त्यस्तै घाइतेहरुलाई उपचारका लागि घम्घास र पाल्पा पठाइएको सापकोटाको भनाइ छ ।