• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शनिबार, साउन १६, २०७८ | Saturday 31st July 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गोर्खाहरूले आफ्नो माग पूरा गर्न रिले अनशन थाले
भर्खरै

गोर्खाहरूले आफ्नो माग पूरा गर्न रिले अनशन थाले

  • सिधा दृष्टी बिहिबार, साउन ७, २०७८ | July 22, 2021
yoho2

लण्डन । पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् ।

गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।

बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताउनुभयो ।

बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक एक जना

Real Shoes 1

अनशन बस्ने योजना रहेको राईले बताउनुभयो । सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईका अनुसार यो १३ दिनभित्र बेलायती सरकारले वार्ताका लागि कुनै पहल गरेन भने त्यसपछि भोक हड्तालमा बस्ने योजना रहेको बताउनुभयो ।

गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएको थियो । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो । यो पटक १३ बुँदे मागसहित आन्दोलनमा रहेका गोर्खाहरूको उक्त अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।

नेपाल सरकार र बेलायत सरकारलाई आफ्ना माग पु¥याइसकिएको र बेलायतजस्तो ठाउँमा अनशनजस्तो गतिविधि गर्नुले समस्या समाधानभन्दा पनि थप जटिल हुने गेसो संस्थाका सभापति कृष्णकुमार राईले बताउनुभयो ।रासस

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा बितेको साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो ।

  • १ hour अघि
हिपत खबर
भर्खरै
देउवा-प्रचण्ड भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ । देउवालाई भेट्न प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका थिए ।

करिब आधा घण्टासम्म भएको छलफलमा मन्त्रिपरिषद् विस्तार तथा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । देउवा

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

भजनी । कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ ।

वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताउनुभयो ।

सामाजिक सुरक्षा

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा

महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए पनि बटुक र विद्यालय परिवारले अनुदान मागेरै भए पनि दैनिक रुद्राभिषेक पूजालाई भने निरन्तरता दिएका छन्

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
दार्चुला प्रशासनद्वारा भारतीय समकक्षीसँग पत्राचार

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ राप्लाको मालमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा खसेर महाकाली नदीमा केपत्ता भएका एक नेपालीको बारेमा दार्चुला प्रशासनले चासो व्यक्त गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
अमेरिकाका ड्रेसलले विश्व कीर्तिमानसहित जिते तेस्रो स्वर्ण

एजेन्सी। अमेरिकाका पौडी खेलाडी सेलेब ड्रेसलले पौडीको पुरुष १०० मिटर बटरफ्लाईमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।

उनले निर्धारित दुरी ४९.४५ सेकेण्डमा पार गरे। ड्रेसलले आफ्नै नाममा रहेको ४९.५० सेकेण्डको कीर्तिमान तोडेका हुन्। जारी ओलम्पिकमा उनको यो तेस्रो स्वर्ण पदक

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
बैतडीमा साउन मसान्तसम्म लम्बियो निषेधाज्ञा

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो।

यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो। आजदेखि लागू हुने

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
महोत्तरीमा सर्पले डसेका बिरामीको संख्या बढ्दै

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको संख्या बढ्दै गएको छ। महोत्तरी जिल्ला अस्पताल जलेश्वरका अनुसार एक÷दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन्।

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
अर्काको नाममा परीक्षा दिने चार जना पक्राउ

काठमाडौं । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार

  • ५ घन्टा अघि