• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शनिबार, साउन १६, २०७८ | Saturday 31st July 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तार भूमिगत गरेर नयाँ शहर बनाउने पहिलो आयोजना राजधानीको पूर्वोत्तरमा
भर्खरै

तार भूमिगत गरेर नयाँ शहर बनाउने पहिलो आयोजना राजधानीको पूर्वोत्तरमा

  • सिधा दृष्टी शनिबार, साउन २, २०७८ | July 17, 2021
yoho2

रासस

काठमाडौंको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ । विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाका इञ्जिनीयर परासर घिमिरेले जानकारी दिनुभयो । प्राकृतिक प्रकोपबाट बच्न पर्याप्त मात्रामा खुला क्षेत्र र नदी किनारमा बाढी नआउने गरी तयार शहरका रुपमा स्थापित गर्ने गरी काम अघि बढेको छ

Real Shoes 1

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं ९ भित्रको करिब २६ हजार रोपनी जग्गामध्ये २० हजार रोपनी जग्गा एकीकरण गरेर नयाँ शहर बनाउन लागिएको हो । यसका लागि पूर्वी काठमाडौँ नयाँ शहरी आयोजना गत वर्ष स्थापना गरी सञ्चालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभयो ।

“आयोजना सञ्चालन गर्न तीनवटै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आयोजना सञ्चालन हुने वडाका वडाध्यक्ष, तीनवटै नगरपालिकाका कानूनी सल्लाहकार, जग्गा धनी, मोही र सरोकार भएका सरकारी कार्यालयका प्रतिनिधि सदस्य रहने गरी ४० सदस्यीय समिति गठन गरिएको छ”, उहाँले भन्नुभयो । समितिको अध्यक्षमा कागेश्वरी मनोहराका नगर प्रमुख थापा तोकिनुभएको छ ।

यसैगरी सहअध्यक्षमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे र शङ्खरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठ रहनुभएको छ । आयोजना सञ्चालनका लागि उपभोक्ता समिति, आवश्यकताअनुसार उपसमिति, आयोजना क्षेत्रभित्रका सबै कित्ता जग्गालाई एकीकरण गर्ने, आयोजना क्षेत्रमा विकसित घडेरी निर्माण गर्न प्रचलित कानूनबमोजिम ठेक्कामा दिने काम अघि बढाउन लागिएको हो ।

आयोजना सम्पन्न गरी विकसित घडेरी वितरण गर्ने, आयोजना हस्तान्तरण गर्ने र सम्पन्न भएपछि सो को प्रतिवेदन नगर कार्य पालिकासमक्ष पेश गरिने भएको छ । आयोजना व्यवस्थापन समितिको बैठकले आयोजना कार्यान्वयन व्यवस्थापन कार्यविधि २०७६ स्वीकृत गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ मा आयोजना कार्यालय स्थापना गरी सम्भाव्यता अध्ययनको काम पूरा गरिएको छ ।

आयोजना सञ्चालन गर्न आवश्यक पर्ने बजेटको ५० प्रतिशत कागेश्वरी मनोहरा, ३५ प्रतिशत गोकर्णेश्वर र १५ प्रतिशत शङ्खरापुर नगरपालिकाले व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ । सो रकमलाई तीन नगरपालिकाको सभाबाट सम्बोधन गरी विनियोजन ऐन २०७७/२०७८ मा उल्लेख गरेपछि गत आर्थिक वर्षदेखि नै काम अघि बढेको हो । वाग्मती र मनोहरा नदी किनारका फाँट रहेको आयोजनास्थलका बहाव क्षेत्रको दायाँबायाँ २०/२० मिटरमा सडकसमेत बनाउन नदिने गरी काम अघि बढाइएको इञ्जिनीयर घिमिरेले बताउनुभयो । यसले गर्दा नदीमा बाढी आउँदा घर र व्यवसायी नडुबाउने गरी शहर निर्माण गरिँदैछ । राजधानीमा आवासीय क्षेत्रको माग पूरा गर्न काम शुरु गरिएको आयोजना प्रमुख इञ्जिनीयर दीपक श्रेष्ठले बताउनुभयो ।

आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि जग्गाधनी तथा मोहीलाई जानकारी दिन अन्तक्र्रिया सञ्चालन गरिएको छ । आयोजनाअन्तर्गत नै गोकर्णेश्वर महादेव मन्दिर परिसरबाट सुन्दरीजलसम्मको वाग्मती कोरिडोरसमेत निर्माण गर्ने गरी योजना बनाइएको छ । यसका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग पनि समन्वय गरिने आयोजनाले जनाएको छ ।

अन्तर्क्रियामार्फत आयोजनामा सहभागी हुन निवेदन आह्वान गर्ने निर्णय पनि बैठकले गरेको गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो । सम्भाव्यता अध्ययनको काम सम्पन्न गरी हाल विस्तृत परियोजना प्रस्ताव ९डिपिआर० निर्माणको काम भइरहेको छ । असोजसम्ममा प्रस्ताव तयार पारी मन्त्रिपरिषद्मा पारितका लागि पेश गरिने छ । मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएपछि मात्र आयोजनाले वैधानिकता पाउनेछ । वैधानिकता दिएर तिहारपछि स्थलगत रुपमै जग्गा एकीकरणको काम शुरु गर्ने आयोजनाको लक्ष्य छ ।

एकीकरण गरिने जग्गामध्ये १६ हजार रोपनी व्यक्तिको पर्ने प्रारम्भिक अनुमान समितिले गरेको छ । दुई हजार रोपनी जग्गा भने सार्वजनिक, पर्ती, नदी, वन क्षेत्रको पर्ने जनाइएको छ । जग्गा एकीकरण गर्दा जग्गाधनीको ३५ प्रतिशत जग्गा काटिने भएको छ । त्यसमध्ये २० प्रतिशत सडक, पाँच प्रतिशत खुला स्थानका लागि र १० प्रतिशत जग्गा बेचेर आयोजनालाई व्यवस्थित गर्ने सोच अघि सारिएको छ । हाल सडक नपर्ने जग्गाधनीबाट बढी जग्गा लिएर व्यवस्थित गर्ने सिद्धान्त पनि आयोजनाले अघि सारेको छ । यसै महिनादेखि आयोजनाका लागि जग्गा रोक्का गर्ने तयारी पनि आयोजनाले गरेको छ ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा बितेको साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो ।

  • १ hour अघि
हिपत खबर
भर्खरै
देउवा-प्रचण्ड भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ । देउवालाई भेट्न प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका थिए ।

करिब आधा घण्टासम्म भएको छलफलमा मन्त्रिपरिषद् विस्तार तथा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । देउवा

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

भजनी । कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ ।

वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताउनुभयो ।

सामाजिक सुरक्षा

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा

महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए पनि बटुक र विद्यालय परिवारले अनुदान मागेरै भए पनि दैनिक रुद्राभिषेक पूजालाई भने निरन्तरता दिएका छन्

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
दार्चुला प्रशासनद्वारा भारतीय समकक्षीसँग पत्राचार

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ राप्लाको मालमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा खसेर महाकाली नदीमा केपत्ता भएका एक नेपालीको बारेमा दार्चुला प्रशासनले चासो व्यक्त गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
अमेरिकाका ड्रेसलले विश्व कीर्तिमानसहित जिते तेस्रो स्वर्ण

एजेन्सी। अमेरिकाका पौडी खेलाडी सेलेब ड्रेसलले पौडीको पुरुष १०० मिटर बटरफ्लाईमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।

उनले निर्धारित दुरी ४९.४५ सेकेण्डमा पार गरे। ड्रेसलले आफ्नै नाममा रहेको ४९.५० सेकेण्डको कीर्तिमान तोडेका हुन्। जारी ओलम्पिकमा उनको यो तेस्रो स्वर्ण पदक

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
बैतडीमा साउन मसान्तसम्म लम्बियो निषेधाज्ञा

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो।

यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो। आजदेखि लागू हुने

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
महोत्तरीमा सर्पले डसेका बिरामीको संख्या बढ्दै

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको संख्या बढ्दै गएको छ। महोत्तरी जिल्ला अस्पताल जलेश्वरका अनुसार एक÷दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन्।

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
अर्काको नाममा परीक्षा दिने चार जना पक्राउ

काठमाडौं । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार

  • ५ घन्टा अघि