मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फिलिपिन्सका पूर्वराष्ट्रपति अक्वीनोको निधन
भर्खरै

फिलिपिन्सका पूर्वराष्ट्रपति अक्वीनोको निधन

  • सिधा दृष्टी बिहिबार, असार १०, २०७८ | June 24, 2021

फिलिपिन्सका पूर्वराष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

लामो समयदेखि सख्त बिरामी परेका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बनेका छन् ।

फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मार्भिक लियोनेनले एक विज्ञप्ति प्रकाशन गरी पूर्वराष्ट्रपति अक्वीनोको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार ‘नोयनोय’का उपनामले चिनिने अक्वीनको फिलिपिन्सको राजधानीस्थित क्यापिटोल मेडिकल सेन्टरमा निधन भएको हो ।

फिलिपिन्सका अर्थशास्त्री समेत

रहेका अक्वीनोले सन् १९९८ मा राजनीतिमा आउनुअघि चिनीको व्यापार गर्दथे । सन् २००७ मा सिनेटमा निर्वाचित हुनुअघि उनीतीन पटक प्रतिनिधिसभाको सदस्य चुनिएका थिए ।

फिलिपिन्सका लोकप्रिय प्रजातान्त्रिक नेता सिनेटर बेनिग्नो ‘निनोय’ अक्वीनो र पूर्वराष्ट्रपति कोराजोन अक्वीनोका एक मात्र छोरा थिए ।

फिलिपिन्सका पूर्वतानाशाह फर्डिनान्ड मार्कोसको शासनप्रति बिमती राख्ने उनका बुबाको संयुक्तराज्य अमेरिकाको निर्वासनबाट स्वदेश फर्कने क्रममा सन् १९८३ मा हत्या गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय