• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शनिबार, साउन १६, २०७८ | Saturday 31st July 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बाढीबाट मेलम्ची आयोजनामा एक अर्बको क्षति, पानी कहिले आउँछ भन्ने अझै अनिश्चित
भर्खरै

बाढीबाट मेलम्ची आयोजनामा एक अर्बको क्षति, पानी कहिले आउँछ भन्ने अझै अनिश्चित

  • सिधा दृष्टी बुधबार, असार ९, २०७८ | June 23, 2021
yoho2

गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री तथा कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

बताइएअनुसार मङ्गलबार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो । त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म

Real Shoes 1

पुग्न कठिन भएको छ । प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको पन्तको भनाइ छ ।

निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ । निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले जानकारी दिए । निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिने उल्लेख गर्दै उनले भने, ‘कति समयमा सफा गरेर र क्षति मर्मत गर्न सकिन्छ भन्ने अझैसम्म अनुमान गर्न नसकिएको छैन ।’

निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए । उनका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायमा निर्देशन भएमा तत्काल बेलिब्रिज राखेर काम अघि बढाउन सकिन्छ । आयोजनाले त्यहाँका पालिकाहरू र वडासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।

मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग (सडक) बनाउन आवश्यक रहेको उनले जानकारी दिए । आयोजनाको सुन्दरीजलमा रहेका संरचनामा कुनै क्षति पुगेको छैन भने अम्बाथानमा समस्या रहेको छ । अडिट सुरुङ टालिएकामा त्यो सफा गर्न प्रवेशमार्ग र पुल चाहिने उनले जानकारी दिए ।

सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने सूचना अधिकारी पन्तले बताए । त्यसका लागि पनि अम्बाथानको अडिट सुरुङ खोल्नुपर्छ । अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिन्छ । हेडवर्कमा कति क्षति भएको छ र सुधार गर्न कति समय लाग्छ त्यसैका आधारमा काठमाडौंमा कहिलेसम्म पानी आउने भन्ने निर्धारण हुने देखिएको छ । उनले भने, ‘आयोजना सम्पन्न भइनसकेर काम भइरहेकामा अहिले सम्पन्न गर्ने अवधि बढाएको छ ।’

अहिले बाढीका कारण वैकल्पिक पथान्तकरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको छ । वर्षामा पानी हाल्न नसक्ने भएकाले मेलम्चीमा सफा पानी आएपछि वैकल्पिक पानी पथान्तरण चलाइने उनले बताए । बताइएअनुसार त्यसका लागि दुई साढे दुई महिना लाग्छ ।

अम्बाथान अडिटको सुरुङ र हेडवर्क डाइभर्सन सुरुङ गरी दुई साता सुरुङ सफा गर्न सकेमा वैकल्पिक प्रणालीबाट काठमाडौंमा पानी ल्याउन सकिने आयोजनाले जनाएको छ । दुई महिनामा सुरुङ परीक्षणका लागि लाग्ने भनिएकामा दुईचार साता त्योभन्दा केही समय बढी लाग्नसक्छ । अहिले पहिले जसरी नै वैकल्पिक माध्यमबाट भए पनि पानी ल्याउनुपर्छ भनेर पहल गरिरहेको उनले जिकिर गरे ।

वैकल्पिक पथान्तरण प्रणालीबाट चलाउन पनि हेडवर्क डाइभर्सन सुरुङ सफा गर्नुपर्छ । सुरुङ कति टालिएको छ । सफा गर्न लाग्ने समय त्यसका आधारमा निर्भर हुने सूचना अधिकारी पन्तले बताउनुभयो । बालुवाले मात्र टालिएमा कामदार मात्र लगेर सफा गर्न सकिने भए पनि ठूला ढुङ्गाले टालेको भएमा सफा गर्न उपकरण नै लैजानुपर्ने उनको भनाइ छ । उपकरण लैजान पनि सडक चाहिने भएकाले वडा, पालिका र सडक विभागलाई भनिएको छ । भदौसम्ममा पहुँचमार्ग बनेमा आयोजनाले काम अघि बढाउनेछ । जनशक्ति र उपकरण लगेर डाइभर्सन टर्नेल र अम्बाथान अडिट सफा गरिने जानकारी पन्तले दिए । भित्र समस्या नभए त्यसपछि पानी चलाउन सकिने बताइएको छ ।

ज्ञातव्य छ, निर्माणस्थलभन्दा माथिबाट आएको पहिराका कारण आठजना बेपत्ता भएका थिए । तीमध्ये तीनवटा शव भेटिएको छ । पाँचजनाको जानकारी आएको छैन ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज ३१०६ जना कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३१०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणपछि ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार चौबिस घण्टाभित्र निको हुनेको संख्या १९१६ रहेको

  • १ hour अघि
हिपत खबर
भर्खरै
साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा बितेको साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो ।

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
देउवा-प्रचण्ड भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ । देउवालाई भेट्न प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका थिए ।

करिब आधा घण्टासम्म भएको छलफलमा मन्त्रिपरिषद् विस्तार तथा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । देउवा

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

भजनी । कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ ।

वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताउनुभयो ।

सामाजिक सुरक्षा

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा

महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए पनि बटुक र विद्यालय परिवारले अनुदान मागेरै भए पनि दैनिक रुद्राभिषेक पूजालाई भने निरन्तरता दिएका छन्

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
दार्चुला प्रशासनद्वारा भारतीय समकक्षीसँग पत्राचार

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ राप्लाको मालमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा खसेर महाकाली नदीमा केपत्ता भएका एक नेपालीको बारेमा दार्चुला प्रशासनले चासो व्यक्त गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
अमेरिकाका ड्रेसलले विश्व कीर्तिमानसहित जिते तेस्रो स्वर्ण

एजेन्सी। अमेरिकाका पौडी खेलाडी सेलेब ड्रेसलले पौडीको पुरुष १०० मिटर बटरफ्लाईमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।

उनले निर्धारित दुरी ४९.४५ सेकेण्डमा पार गरे। ड्रेसलले आफ्नै नाममा रहेको ४९.५० सेकेण्डको कीर्तिमान तोडेका हुन्। जारी ओलम्पिकमा उनको यो तेस्रो स्वर्ण पदक

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
बैतडीमा साउन मसान्तसम्म लम्बियो निषेधाज्ञा

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो।

यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो। आजदेखि लागू हुने

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
महोत्तरीमा सर्पले डसेका बिरामीको संख्या बढ्दै

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको संख्या बढ्दै गएको छ। महोत्तरी जिल्ला अस्पताल जलेश्वरका अनुसार एक÷दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन्।

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प

  • ७ घन्टा अघि