• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • गल्ती गरियो ओलीसँग लागेर भन्दै पूर्व माओवादीका नेताहरु असन्तुष्ट
समाचार

गल्ती गरियो ओलीसँग लागेर भन्दै पूर्व माओवादीका नेताहरु असन्तुष्ट

  • सिधा दृष्टी शनिबार, जेष्ठ २२, २०७८ | June 5, 2021

अप्ठ्यारोमा साथ दिंदै आएको भन्दै अहिले नै जसपाका नेताहरुलाई मन्त्री नबनाउन पूर्व माओवादीका नेताहरुले गरेको आग्रहलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । मन्त्रिमण्डल पुनर्गठन अघि केपी ओलीसँगको छलफलमा रामबहादुर थापा बादलसहितका नेताहरुले तत्काल माओवादीबाट मन्त्री बनेका नेताको सन्दर्भमा अन्तरिक आदेश मात्रै आएको, एमालेमा माधव नेपालसँग पनि छलफल चलिरहेको भन्दै जसपालाई तत्काल सरकारमा नलान आग्रह गरेका थिए ।

मन्त्रिमण्डलमा व्यापाक हेरफेर अघि ओलीले पूर्व माओवादीका नेताहरुसँग छलफल गरेका थिए । तर, ओलीले उनीहरुको आग्रहलाई अस्वीकार गर्दै शुक्रबार साँझ मन्त्रिमण्डल पुनर्गठन

Real Shoes 1

गरेका हुन् । पुनर्गठनमा उनले एमालेकै विश्वासपात्रलाईसमेत हटाए ।

‘अदालतले पूर्व माओवादी नेताहरु मन्त्री बनेका सन्दर्भमा अन्तरिम आदेशमात्रै दिएको हो । पूर्ण फैसला नआउँदासम्म र माधव नेपालसँगको एकता प्रक्रिया नटुंगिएसम्म सरकार विस्तार नगर्न हाम्रो तर्फबाट बादलजीले आग्रह गर्नुभएको थियो’ ओलीसँगको छलफलमा सहभागी एक नेताले भने, ‘अदालतको अन्तिम फैसला हाम्रो पक्षमा आयो भने भोलि गाह्रो पर्छ भन्ने हाम्रो माग थियो । तर प्रधानमन्त्रीले बाध्यता भयो मन्त्रिमण्डल पुनर्गठन नगरी नहुने भयो भन्नुभयो ।’

नेकपाकाको विवादका बीच पूर्व माओवादीका नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोबहादुर रायमाझीसहितका पूर्व माओवादी नेताहरुले अप्ठ्योमा ओलीलाई साथ दिएका थिए । एमालेकै नेताहरुले ओलीलाई साथ नदिंदा यी नेताहरुले खुलेर ओलीको पक्षमा माहोल सिर्जना गरेका थिए । उनीहरुको साथलाई ओलीले पनि विश्वास गरेर माओवादीले सांसदबाट हटाए पनि मन्त्री बनाएका थिए । तर, अदालतको आदेशपछि मन्त्रीबाट मुक्त भएका यी नेताहरुले केही समय कुरिदिन आग्रह गरे पनि प्रधानमन्त्री नरोकिएपछि उनीहरु असन्तुष्ट बनेका छन् ।

असन्तुष्ट पोख्ने क्रममा यस अघि उर्जामन्त्री बनेका टोपबहादुर रायमाझीले वाम एकताको खाँचो रहेको टिप्पणी संचारमाध्यममा गरेका थिए । माओवादीमा छँदा पनि यी नेताहरु प्रभावशाली थिए । एमालेमा ओलीतिर लागेका यी प्रभावशाली नेताहरुले सार्वजनिक रुपमा नै वाम एकता गर्नुपर्छ भन्दै ओलीमाथि दबाब बढाउन थालिसकेका हुन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पूर्व माअवादीका तर सांसद नरहेका मन्त्रीहरु गृहका रामबहादुर थापा बादल, उर्जाका टोपबहादुर रायमाझी, उद्येगका लेखराज भट्ट, खानेपानीका मणि थापा, सहरी विकासका प्रभु साह, श्रमका गौरीशंकर चौधरी र खेलकुदका दावा लामालाई मन्त्रीको हैसियत काम नगराउन अन्तरिम आदेश दिएकाे थिये ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
विमान दुर्घटनामा सात जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच जना यात्रु रहेका छन्

  • १ दिन अघि
हिपत खबर
भर्खरै
अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।

तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।

पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो ।

  • १ दिन अघि
हिपत खबर
भर्खरै
साझा उम्मेदवार चयनको सकसमा पौडेल पक्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ ।

सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा

  • १ दिन अघि
हिपत खबर
भर्खरै
१६ जना सीडिओको सरुवा, को कहा पुगे सूची सहित

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

  • २ दिन अघि
हिपत खबर
भर्खरै
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

पर्सा । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल

  • २ दिन अघि