• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, असार ७, २०७८ | Monday 21st June 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • २४ घन्टाभित्र उप-प्रधानमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्न माग
समाचार

२४ घन्टाभित्र उप-प्रधानमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्न माग

  • sarika शनिबार, जेष्ठ २२, २०७८ | June 5, 2021
yoho2

उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

यदि सरकारले उक्त कदम नचालेको

Real Shoes 1

खन्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षर विज्ञप्तिमा जनाएको छ।
साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम रहेको पनि पार्टीको ठहर छ ।

साथै, असंवैधानिक रुपमा संसद विघटन गरि निर्वाचन समेत घोषणा गरिसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गरेको भन्दै ध्यानाकर्षण पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

सपथमा के भनेका थिए महतोले ?
हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।

यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै, सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।

बहुराष्ट्रिय राज्यको अर्थ ?
बहुराष्ट्र भन्नुको अर्थ दुई वा दुई भन्दा बढी राष्ट्र हुन्छ । र, बहुराष्ट्रिय राज्यको अर्थ एउटै देशभित्र धेरैवटा राष्ट्रियताको कल्पना हुन्छ। शुक्रबार सपथ ग्रहणका क्रममा यहीँ शब्द महतोले उच्चारण गरेका छन् ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
उपत्यकामा बार अनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन्?

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक सहयोग

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि रु. १ लाख २५ हजार को चेक हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगर सहकारी समन्वय समितिका सल्लाहकार, नेफ्स्कूनका कोषाध्यक्ष

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
सुन तथा चाँदीको भाउ घट्यो

काठमाडौं ।  केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घन्टामा थप २४ सय ४२ संक्रमित थपिए, ५१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
४० हजार घुस सहित धादिङका सहायक वन अधिकृत पक्राउ

धादिङ । धादिङको निलकण्ठ सव(डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४०,००० हजार घुससहित पक्राउ परेका छन् ।

पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

बाँके। कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। हाल यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्।

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका१३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

‘अहिले भर्खरै मेरो एपोलो अस्पताल दिल्लीमा पूर्वप्रधानमन्त्री खनालसँग भिडियोमा कुराकानी भयो । उहाँको स्वास्थ्यमा उल्लेखीय सुधार भएको छ ।  ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
दलित जात भनेर कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्।

उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
नेप्सेमा ६३ अंकको गिरावट

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३ अंकले घटेको छ। आज कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचकमा ठूलो गिरावट आएको हो।

उक्त अंकको गिरावटसँगै परिसूचक २९ सय ५ अंकमा आइपुगेको छ। यस क्रममा आज ११

  • १८ घन्टा अघि