• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, असार ७, २०७८ | Monday 21st June 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • पशुपति क्षेत्रबाट घाट हटाउने प्रस्ताव
समाचार

पशुपति क्षेत्रबाट घाट हटाउने प्रस्ताव

  • sarika शनिबार, जेष्ठ २२, २०७८ | June 5, 2021
yoho2

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ ।

यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको छ ।

पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो

Real Shoes 1

वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । ‘विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै वाग्मती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो,’ उनले भने ।

कोरोना महामारी फैलिएका बेला कुनै दिन २०० वटा त कोरोना भई निधन भएकाको शवदाह गरिएको अभिलेख कोषमा छ । पशुपति क्षेत्र कि घाट हो भनी ठम्याउन असहज हुने गरी धुवाँ आउन थालेपछि आर्यघाट पूर्णरुपमा बन्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको हो । विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव गर्ने जनाइएको छ ।

भष्मेश्वरघाटका दुई वटा घाट राखी अरु हटाएर पशुपतिस्थित वाग्मती किनारलाई पूजा, आरधना, ध्यान, साधना केन्द्रका रुपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहेका ढकालले जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न रु ३५ करोड बजेट विनियोजन गरेको छ । आम्दानीका अरु धेरै स्रोत भएकाले शवदाह गरेको दृश्यकै आधारमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने तर्क उचित नहुने निष्कर्षमा कोष पुगेको छ । पुरातात्विक महत्वले विश्वमै चर्चामा रहेको पशुपति क्षेत्रमा शवदाह हेर्नमात्र विदेशी पर्यटक आउँछन् भन्ने तर्क गरेर मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न नहुने उनको भनाइ छ ।

आर्यतीर्थबाट घाट हटाएपनि ब्रह्मनालको व्यवस्था गरिने जनाइएको छ । काठमाडौं उपत्यकामा जनसङ्ख्यासमेत बढ्दै गएकाले घाटको विकल्प खोज्न कोषले सरोकार भएका निकायलाई अनुरोध गर्ने भएको छ । एक करोडसम्म जनसङ्ख्यालाई धान्ने गरी घाट व्यवस्था गरिनुपर्ने कोषको सुझाव छ ।

पशुपति क्षेत्रमा हाल आर्यघाटमा दुई, भष्मेश्वर घाटमा १० र विद्युतीय शवदाह गृहमा तीन गरी १५ घाट सञ्चालनमा छन् । पछिल्लो समय पशुपति क्षेत्रका यी सबै घाटमा २४ सै घण्टाजसो शवदाह हुन थालेको छ ।

पहिले वाग्मती किनारका गोकर्णेश्वर, हत्यामोचनघाट, शङ्खमूल क्षेत्र, कालमोचनघाटलगायत स्थानमा पनि शवदाह हुने गरेको थियो । पछिल्लो समय पशुपति क्षेत्रमा शवदाह सामग्री, क्रियापुत्री भवन, ब्राह्मणको सुविधा आदि कारणले सबै मानिस यहीँ आउँदा मसानघाटका रुपमा विकास हुन लागेको भन्दै कोषले वैकल्पिक व्यवस्था गर्ने प्रस्ताव गुरुयोजनामार्फत् गर्न लागेको हो ।

 

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
उपत्यकामा बार अनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन्?

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक सहयोग

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि रु. १ लाख २५ हजार को चेक हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगर सहकारी समन्वय समितिका सल्लाहकार, नेफ्स्कूनका कोषाध्यक्ष

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
सुन तथा चाँदीको भाउ घट्यो

काठमाडौं ।  केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घन्टामा थप २४ सय ४२ संक्रमित थपिए, ५१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
४० हजार घुस सहित धादिङका सहायक वन अधिकृत पक्राउ

धादिङ । धादिङको निलकण्ठ सव(डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४०,००० हजार घुससहित पक्राउ परेका छन् ।

पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

बाँके। कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। हाल यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्।

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका१३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

‘अहिले भर्खरै मेरो एपोलो अस्पताल दिल्लीमा पूर्वप्रधानमन्त्री खनालसँग भिडियोमा कुराकानी भयो । उहाँको स्वास्थ्यमा उल्लेखीय सुधार भएको छ ।  ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
दलित जात भनेर कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्।

उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
नेप्सेमा ६३ अंकको गिरावट

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३ अंकले घटेको छ। आज कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचकमा ठूलो गिरावट आएको हो।

उक्त अंकको गिरावटसँगै परिसूचक २९ सय ५ अंकमा आइपुगेको छ। यस क्रममा आज ११

  • १७ घन्टा अघि