• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, असार १०, २०७८ | Thursday 24th June 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारले मेटे अमेरिकाबाट ५० लाख डोज खोप आउँदैछ भन्ने ट्वीट
समाचार

राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारले मेटे अमेरिकाबाट ५० लाख डोज खोप आउँदैछ भन्ने ट्वीट

  • sarika शुक्रबार, जेष्ठ २१, २०७८ | June 4, 2021
yoho2

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरे।

बाइडेनको घोषणामा नेपालले कति खोप पाउने हो भन्ने कहिँ कतै पनि खुलाइएको छैन।

बाइडेनको उक्त घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले सामाजिक सञ्जाल ट्वीटरमा नेपाललाई ५० लाख डोज खोप आउन लागेको लेखे।

उनले बाइडेनको यो घोषणालाई राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अर्को सफलताको संज्ञा दिए।

उनले लेखे-सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड-१९

Real Shoes 1

विरूद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ। हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ।

केही दिनअघि अमेरिकास्थित नेपाली राजदूत युवराज खतिवडामार्फत् राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी बाइडेनलाई खोपका लागि अनुरोध गर्दै पत्र पठाएकी थिइन्। राष्ट्रपति भण्डारीका प्रेस विज्ञ ढकालले नै अमेरिकाले ५० लाख डोज खोप दिन लागेको बताएपछि मानिसहरूमा चासो बढ्यो। किनकी नेपालमा पछिल्लो समय कोभिसिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका हजारौं मानिसले दोस्रो डोज पाएका छैन। उनीहरू खोप कहिले आउला भनेर कुरिरहेका छन्।

अमेरिकाले ५० लाख डोज खोप दिन लागेको कुरा राष्ट्रप्रमुखको सचिवालयमा रहेका व्यक्तिबाट सार्वजनिक भएपछि तरंग आउनु स्वभाविक थियो। केही अनलाइन पोर्टलले उनकै स्टाटसलाई आधार मानेर समाचार पनि प्रकाशन गरे।

तर राष्ट्रपतिका विज्ञ ढकालले गरेको ट्वीटमा कुनै आधार थिएन।  केहीबेरमा उनले उक्त ट्वीट डिलिट गरिदिए। त्यसपछि उनले लेखे- मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो।

राष्ट्रपतिका सञ्चार विज्ञले ट्वीटरमा आफ्नो आफूले लेखेको कुरा सच्याइसकेको झन्डै १० घन्टापछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेरि त्यही ५० लाखको आँकडा ट्वीटर सार्वजनिक गरे। उनले नेपालीलाई चाहिनेमध्ये १ तिहाइ खोपको व्यवस्थापन भइसकेको तर्क गरे। त्यसका लागि उनले सरकारलाई बधाई पनि दिन भ्याए।

शुक्रबार बिहान ट्वीटरमा उनले लेखे- एक तिहाइ खोपको व्यवस्थापन: अमेरिकाबाट अनुदान-५० लाख, चीनबाट अनुदान-१८ लाख, भारतबाट अनुदान- १० लाख, सुरक्षाकर्मीलाई प्राप्त-१ लाख, भारतबाट खरिद- १० लाख, खरिद आउन बाँकी-१० लाख, कोभ्याक्स अनुदान-३ लाख ४८ हजार, जम्मा-१ करोड २ लाख ४८ हजार। कूल चाहिने-४ करोड डोज। बधाई सरकार।

थापामाथि पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यही प्रश्न तेर्स्याए: अमेरिकाले नेपाललाई ५० लाख खोप दिने कुरा कहाँ छ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले केहीबेरमा क्षमायाचना पनि नगरी उक्त ट्वीट डिलिट गरिदिए। उनले भूल सुधार गरेनन् बरू अर्को ट्वीट लेखे:  तथ्यांक लेख्न उचित लागेन- हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसनिम्ति राष्टपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन्। आफू र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ।

राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारहरूले खोपजस्तो संवेदनशील विषयमा हचुवाका भरमा ट्वीट गरेको भन्दै अहिले आलोचना भइरहेको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने नेपालले कति डोज, कुन खोप, कहिले पाउने भन्ने टुंगो भइनसकेको बताए।

राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारहरूले त ५० लाख डोज खोप आउँछ भन्दै ट्वीट गर्नु भएको छ त? भन्ने प्रश्नमा उनले भने- उहाँहरूको कुरा उहाँहरूलाई सोध्नुस्।

अमेरिकी राष्ट्रपति बाइडेनले के घोषणा गरेका थिए?

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार बिहीबार घोषणा भएको २ करोड ५० लाख डोज खोपमध्ये एक करोड ९० लाख डोज कोभ्याक्समार्फत् बाँडिनेछ। कोभ्याक्स विश्वका गरिब तथा अविकसित मुलुकलाई कोरोनाको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलगायत संस्थाहरू मिलेर बनाएको अभियान हो।

उक्त १ करोड ९० लाख डोज खोप तीन क्षेत्रका देशहरूका लागि बाँडिनेछ। जसअनुसार मध्य र दक्षिण अमेरिकी मुलुकहरू ब्राजिल, अर्जेन्टिना, कोलोम्बिया, कोस्टारिका, पेरू, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, पानमा, हैटी र अरू क्यारेबियन मुलुकहरूलाई ६० लाख डोज बाँडिनेछ।

भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासेफिप टापुहरूलाई ७० लाख डोज दिइनेछ।

अफ्रिकन युनियनको सहजीकरणमा झन्डै ५० लाख डोज खोप अफ्रिकी मुलुकहरूबीच बाँडिने ह्वाइटहाउसले जनाएको छ।

बाँकी ६० लाख डोज खोप भने अमेरिकाले प्राथमिकताका आधारमा सोझै ती मुलुक र क्षेत्रहरूलाई दिनेछ। यो ६० लाख डोज खोप सोझै पाउने मुलुकमा नेपालको नाम समावेश छैन। उक्त खोप मेक्सिको, क्यानडा, दक्षिण कोरिया, वेस्ट ब्यांक, युक्रेन, कोसोभो, हैटी, जर्जिया, इजिप्ट, जोर्डन, भारत, इराक र यमनसँगै संयुक्त राष्ट्रसंघका फ्रन्टलाइन कर्मचारीलाई दिइनेछ।

यसरी अमेरिकाले सोझै दिन लागेको खोप भने तत्कालै पठाइहाल्ने तयारी छ। द न्युयोर्क टाइम्सका अनुसार दक्षिण कोरियाले पाउने १० लाख डोज खोप शुक्रबार नै पठाइने छ।

राष्ट्रपति बाइडेनले अघिल्लो महिना कोरोनाविरूद्धको ८ करोड डोज खोप संसारभरिका मुलुकलाई दिने घोषणा गरेका थिए। अहिले अमेरिकाले दिन लागेको फाइजर-बायोएनटेक, मोडेर्ना र जोनसन एन्ड जोनसनको खोप हो। अमेरिकाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप पनि किनेर राखेको छ। तर अमेरिकाकी नियामक निकायले त्यसलाई प्रयोग अनुमति दिइनसकेकाले तत्कालै अमेरिकाले यो खोप अरूलाई दिन्छ कि दिन्न खुलिसकेको छैन।

ह्वाइटहाउसले अब बाँकी ५ करोड ५० लाख खोपमध्ये पनि  ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै पठाउनेछ।

नेपालमा यसअघि भारतमा उत्पादित अष्ट्राजेनेकाको खोप लगाइएको थियो। उक्त खोपको पहिलो डोज लगाएका धेरै जनाले दोस्रो डोज पाएका छैनन्। अमेरिकाले तत्काल अष्ट्राजेनेका खोप दिए उनीहरूले दोस्रो डोज लगाउन पाउनेछन्।

तत्काल अष्ट्राजेनेका खोप दिए उनीहरूले दोस्रो डोज लगाउन पाउनेछन्।

 

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
वागमती प्रदेश
असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने

मुलुकको आन्तरिक हवाई उडान यही असार १७ देखि सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
चुडामणि शर्मा, महत र ढकालविरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतका साथै सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्योट आयोग ऐनले दिएको अधिकार क्षेत्र

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
‘अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्ने’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभएको छ ।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै उहाँले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
बाढीबाट मेलम्ची आयोजनामा एक अर्बको क्षति, पानी कहिले आउँछ भन्ने अझै अनिश्चित

गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री तथा कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १२७ रुपैयाँ

पछिल्लो चरणमा पटक पटक बढ्दै आएको इन्धनको मूल्य पुनः बढाइएको छ । बुधबार राति १२ बजेपछि लागू हुने नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिएको जानकारीअनुसार अनुसार पेट्रोल, जिडेल, मट्टीतेल तथा हवाई इन्धन आन्तरिक

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
झण्डै २ घण्टापछि सुचारु भयो टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको समस्या झण्डै दुई घण्टापछि सुचारु भएको छ । कम्पनीको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका प्रयोगकर्ताले बिहीबार बिहानदेखि मोबाइलमा भ्वाइस सेवा प्रयोग गर्न पाएका थिएनन् ।

भीओएलटीई-भीओएलटीई, भीओएलटीई-मोबाइल, मोबाइलबाट-एनसेल नेटवर्क

  • २२ घन्टा अघि
हिपत खबर
भर्खरै
ओलीको नेतृत्वमा एमालेको एकल सरकार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनपछि थपेका दुई उपप्रधानसहित २० मन्त्रीलाई सर्वोच्चले मंगलबार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चको आदेशपछि फेरि

  • २२ घन्टा अघि
हिपत खबर
भर्खरै
निउरो टिप्न जाँदा बाघको आक्रमण, महिलाको मृत्यु

चितवन रत्ननगरस्थित जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्युहुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलका ३२ वर्षीया गीता अधिकारी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घरनजिकै रहेको

  • २३ घन्टा अघि
हिपत खबर
भर्खरै
सामसङले चीनको फ्याक्ट्री भारतमा सार्ने

काठमाडौं। दक्षिण कोरियाको स्मार्टफोन उत्पादक कम्पनी सामसङले आफ्नो उत्पादन प्लान्ट चीनबाट भारत सार्ने भएको छ। कम्पनीले चीनबाट भारतको उत्तरप्रदेशमा प्लान्ट सार्ने भएको हो।

यसका लागि सामसङका प्रमुख कार्यकारी अधिकृत केन काङ्गले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर प्लान्ट भारतमा पक्का

  • २४ घन्टा अघि
हिपत खबर
भर्खरै
देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनीका धेरै स्थानहरुमा र प्रदेश–१, प्रदेश–२, बागमती र सुदूरपश्चिम प्रदेशका

  • २४ घन्टा अघि