• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, असार १०, २०७८ | Thursday 24th June 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • खेलकुद
  • चाइनिज ताइपेईविरुद्ध नेपालको जित
खेलकुद

चाइनिज ताइपेईविरुद्ध नेपालको जित

  • sarika शुक्रबार, जेष्ठ २१, २०७८ | June 4, 2021
yoho2

चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको चौंथो मिनेटमा नै विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका

Real Shoes 1

चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको हो । विष्टले पेनाल्टीको अवसर सहजै उपयोग गरे । खेलको ११औँ मिनेटमा ताइपेईका खेलाडी वु चुन चिङको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले रोके ।

यस्तै खेलको १६औँ मिनेटमा सुनिल बलको गोल गर्ने प्रयास सफल हुन सकेन् । खेलको २४ औँ मिनेटमा अन्जन विष्टले गोलको प्रयास गरेका थिए तर उनी चुके । मध्यान्तरअघिको खेलसम्म ताइपेईले नेपालसामु निकै दबाबमा खेल्यो ।

सो अवधिभर नेपाली टोली ताइपेईमाथि हावी रहन पुग्यो । नेपाली खेलाडीहरूले बराबरी गोल गर्ने कुनै अवसर ताइपेईका खेलाडीलाई दिएनन् । मध्यान्तरपछिको खेलमा ताइपेईले आक्रामक खेल्यो । पटक पटक गोलको प्रयासहरू भए पनि ताइपेई सफल भने हुन सकेन् ।

यसबीचमा खेलको ५४ औँ मिनेटमा सन्तोष तामाङको प्रयास पनि सफल हुन सकेन । यस्तै खेलको ७० औँ मिनेटमा ताइपेईले कर्नरकिकको मौका पाए पनि त्यसको नेपाली खेलाडीले बचाउ गरेका थिए । खेलको ८०औँ मिनेटमा मनिष डाँगी गोल गर्नबाट असफल भए पनि ८१ औँ मिनेटमा भने नवयुग श्रेष्ठले उत्कृष्ट गोल गरे ।

योसँगै नेपालले ताइपेईविरुद्ध २–० गोलको अग्रता लियो । त्यसपछिको खेलमा ताइपेई केही आक्रामक खेल्न पुग्यो । उसको तर्फबाट पटकपटक गोलको प्रयास भए पनि सफल भने हुन सकेन ।

‘जित अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई समर्पण’ : प्रशिक्षक अलमुताइरी
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेइविरुद्ध विश्वकप छनोटमा प्राप्त गरेको जित अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यस जित अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई समर्पित गर्न चाहे ।

“यो जित नेपाली समर्थकका लागि हो । विशेषगरि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि । उहाँहरुले मिहिनेत गरेकै कारण हाम्रो खेलाडीले पनि यहाँसम्म आउन सके” उनले खेलपछि खुसी साट्दै भने ।

प्रशिक्षक अलमुताइरीले आफ्नो जितको खुसी नेपाल मात्र नभएर कुवेतको लागि पनि उत्तिकै रहेको बताए । उनले भने, “मैले नेपाल र कुवेत दुवैको प्रतिनिधित्व गरिरहेको छु । कुवेतका सबैलाई पनि बधाई दिन चाहन्छु । कुवेत बाहिर गएर कुनैपनि प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल जितेको यो नै पहिलो अवसर हो । यो जितले मेरो लागि निकै महत्त्व बोकेको छ ।”

उनले नेपाली फुटबलका लागि यो सुरुवात मात्र भएको बताए । “यो जित हासिल गर्न सहज थिएन । हामीले निकै मिहिनेत गरेर अघि बढेका थियौं” उनले भने, “मलाई विश्वास गर्ने एन्फा, राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटि लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।”

उनले थपे, “यो भर्खर सुरुवात हो । हामीले आफ्नो लक्ष्यमा पुग्न बाँकी नै छ । अब हामी एसिया कप छनोट तेस्रो चरण र साफ च्याम्पियनसिपको फाइनल खेल्ने लक्ष्यमा छौँ । केही धैर्य गर्नुहोस । हामीले अझै धेरै हेर्न बाँकी छ ।”

प्रशिक्षक अलमुताइरीले खेलको तयारीमा टोलीले गरेको मिहिनेतकै कारण जित सम्भव भएको बताए । उनले भने, “हामीले चाइनिज ताइपेइको खेल अध्ययन गरेका थियौँ । आज विहान मात्र पनि हामीले ११ वटा अभ्यास गरेर अध्ययन गरेका थियौँ । त्यसैले मैदानमा खेल्न हामी तयार थियौँ ।”

उनी अगाडी भन्छन्, “हामीले खेलको अवस्था अनुसार के गर्ने भन्ने रणनीति तयार पारेका थियौँ । अन्जनले तेस्रो मिनेटमा नै गोल गरेपछि खेलमा नियन्त्रण गर्न निकै सहज भयो । हामीले खेल कसरी खेलाउने भन्ने नियन्त्रण गर्न सक्यौँ ।”

पछिल्लो खेलबाट टोलीमा केहि परिवर्तन गर्न जरुरी रहेको बताउँदै उनले भने, “विपक्षी टोलीले पनि हामीलाई अध्ययन गर्छन् भन्ने थाहा थियो । त्यसैले आशिष र सुनिलबारे उनीहरुलाई जानकारी छैन भनेर उतारेको हो । दोस्रो हाफमा खेलाडी परिवर्तन गराउने हाम्रो रणनीति नै थियो । मनिष र नवयुगले पनि त्यसै गर्न सके । ताइपेइले पनि राम्रो प्रदर्शन गरेको थियो, तर हामीले राम्रो अध्ययन गरेकाले सहज भयो ।”

जितसँगै नेपालले ६ अंक जोडेको छ । नेपाल समूह बीको चौथो स्थानमा छ । ताइपेई हालसम्म अङ्कबिहीन छ । यसअघि पनि नेपालले ताइपेईलाई नै पराजित गर्दै तीन अङ्क जोडेको थियो । फिपा बरियतामा ताइपेई १४१ औँ स्थानमा छ भने नेपाल १७१ औँ स्थानमा छ । दुवै देशका खेलाडीले कुवेतको गर्मीलाई मुख्य चुनौतीका रूपमा लिएका थिए ।

बिहीबार राति खेल हुँदाका बखतको अधिकतम तापक्रम ३९ डिग्री सेन्टिग्रट थियो । समूह बी मा १२ अङ्कका साथ अस्ट्रेलिया शीर्ष स्थानमा छ । दोस्रो स्थानमा १० अङ्कसहित कुवेत छ भने १० अङ्ककै साथ जोर्डन तेस्रो स्थानमा छ ।

इराकसितको मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

अब्दुल्लाह अल्मुताइरी प्रशिक्षक रहेको नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास रहेका छन् ।

टिमको मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । यसअघि नेपाल गत साता मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
सचिन २१औँ शताब्दीका सर्वोकृष्ट ब्याट्सम्यान

विश्वका महान् क्रिकेट खेलाडी सचिन तेन्दुल्कर २१औँ शताब्दीका उत्कृष्ट ब्याट्सम्यानमा चुनिएका छन् । सचिनले श्रीलंका खेलाडी कुमार संगकारालाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् ।

२१औँ शताब्दीको ‘उत्कृष्ट ब्याट्सम्यान’को दौडमा भारतका सचिन र श्रीलंका कुमारबीच निकै टक्कर भएको थियो

  • २ दिन अघि
हिपत खबर
भर्खरै
रोनाल्डोको फ्लोअर्स ३ सय मिलियन

पोर्चुगलका सुपरस्टार फुटबल खेलाडी क्रिस्ट्रियानो रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति बनेका छन् । रोनाल्डोको इन्स्टाग्राम ३ सय मिलियन भन्दा बढी फलोअर्स छन् ।

रोनाल्डो ३ सय मिलियनले फलोअर्स गर्ने विश्वका पहिलो व्यक्ति बनेका छन् । यसअघि इन्स्टाग्राममा २

  • २ दिन अघि
हिपत खबर
भर्खरै
रूसमाथि प्रभावशाली जितसहित डेनमार्क प्रिक्वार्टरफाइनलमा

एजेन्सी। रुसमाथि ४-१ को प्रभावशाली जितसहित डेनमार्क समूह ‘बी’को उपविजेता बन्दै युरोकपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। पार्केन रंगशालामा घरेलु टोलीलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसन र जोकिम मुहलेले एक/एक गोल गरे।

रुसका आर्टम ज्युबाले एक गोल फर्काए।

  • २ दिन अघि
हिपत खबर
भर्खरै
भारतमा एकैदिनमा ८० लाखलाई खोप, विश्वमै सैबभन्दा धेरै भएको दाबी

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताइएको छ ।

खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको

  • २ दिन अघि
हिपत खबर
भर्खरै
कोपा अमेरिकामा आज राति चिली र उरुग्वे भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आजराति चिली र उरुग्वे भिड्दै छन्।ब्राजिलको एरिना पन्तानलमा हुने खेल नेपाली समयअनुसार राति २ः४५ बजेदेखि सुरु हुनेछ।

त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोलि बिहान अर्जेन्टिना र पराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। स्टाडियो नासिओनल रंगशालामा हुने खेल बिहान ५ः४५

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
युरोकप फुबटलमा आज चार खेल हुँदै

एजेन्सी।युरोकपमा आज समूह बी र सीका चार खेल हुँदैछन्।समूह ‘सी’ मा रहेका नेदरल्यान्ड्स र नर्थ म्यासेडोनिया तथा युक्रेन र अस्ट्रियाबीचको खेल राति ९ः४५ मा हुनेछ। नेदरल्यान्ड्स यो समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ भने नर्थ म्यासेडोनिया अंकबिहीन छ। युक्रेन र

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
पोर्चुगलमाथि जर्मनीकाे शानदार जित

युरोकप फुटबलमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि ४–२ को शानदार जित हात पारेको छ। जर्मनीको म्युनिखमा भएको खेलमा काई हाभर्टस् र रोबिन्स गोसेन्सले एक एक गोल गरे भने रूबेन डियाज र राफेल गुइरेरोले आत्मघाती गोल गरेका थिए। खेलमा सुरुवाती अग्रता

  • ४ दिन अघि
हिपत खबर
भर्खरै
पेरूविरूद्ध ब्राजिलको सहज जित

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुविरुद्ध ४-० को सहज जीत हात पारेको छ।

ओलम्पिको रंगशालामा सम्पन्न खेलमा ब्राजिलको जीतमा एलेक्स सान्ड्रोले १२औं, नेईमारले ६८औं र एभर्टन रिबेइरीले ८९औं र इन्चुरी समयमा रिचार्लिसनले एक/एक गोल गरे।

समूह

  • ६ दिन अघि
हिपत खबर
भर्खरै
लगातार दोस्रो जितसँगै नेदरल्यान्ड्स युरोकपको नकआउट चरणमा

एजेन्सी। बिहीबार राति भएको खेलमा नेदरल्याण्ड्सले अष्ट्रियालाई २-० ले पराजित गरेको छ।जाेहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई लगातार दोस्रो जित दिलाउने क्रममा मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक/एक गोल गरे।डिपेले पेनाल्टीमा गोल गरेका हुन्।

समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई

  • ६ दिन अघि
हिपत खबर
भर्खरै
युक्रेनको पहिलो जीत

एन्जेन्सी। नर्थ मेसोडोनीयालाई २–० ले पराजित गर्दै युक्रेनले युरोकप फुटबलमा पहिलो जीत हात पारेको छ। रोमानियाको नेशनल एरिनामा सम्पन्न खेलमा युक्रेनका एन्ड्रीय यर्मोलेन्को र रोमन यर्मेचुकले एक÷एक गोल गरे। नर्थ मेसोडोनीयाका एज्गजन एलिओस्किले पेनाल्टीमा एक गोल फर्काए।

युक्रेनका रुस्लान मालिनोभ्सकीले

  • ६ दिन अघि