• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

आइतवार, अशोज ३, २०७८ | Sunday 19th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • मैले अनुमानको भरमा ज्ञानेन्द्रलाई हत्यारा भनेको हुँः भट्टराई
समाचार

मैले अनुमानको भरमा ज्ञानेन्द्रलाई हत्यारा भनेको हुँः भट्टराई

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २०, २०७८ | June 3, 2021

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पूर्वमहाराजधीराज ज्ञानेन्द्र शाह प्रति उच्च सम्मान रहेको बताएका छन्। भट्टराईले शाहले समय दिए उहाँसँग छलफल गर्ने इच्छा प्रकट गरेका छन्।

केही समय अघि वरिष्ठ पत्रकार भूषण दाहाल सँग कुरा गर्दै उनले अत्यन्तै हार्दिकताका साथ विगतका कुरा बारे आंफ्नो मन भित्रका कुरा पोखेका थिए। भट्टराईबाट अपेक्षा नै गर्न नसकिने किसिमको हार्दिकता अन्तरवार्ताको ‘अन्डरटोन’ बनेको थियो।

भट्टराईले भने, ‘व्यक्तिगत रुपमा राजा ज्ञानेन्द्र प्रति कुनै पूर्वाग्रह छैन बरु उहाँप्रति उच्च सम्मान छ।

Real Shoes 1

उहाँलाई हार्ट अट्याक भयो, म भेट्न गए। मलाई कसैले भनेर गएको होइन। मेरो ब्रह्मले उहाँ पनि हामी जस्तै मान्छे हो भन्ने लाग्यो। म उहाँ सँग भेटेर साक्षात्कार गर्न पाएको त छैन त्यति बेला सामान्य कुरा मात्र भयो। कुनै बेला त्यस्तो अवसर परेछ भने उहाँका कुरा सुन्ने उहाँको भावना बुझ्ने मेरो इच्छा छ। अन्यथा अर्थ लाग्न सक्छ। तर मेरो स्वभाव त्यस्तो छ।’

भट्टराईले दरबार हत्याकाण्डमा तत्कालिन महाराजधीराजको संलग्नता बारे आंफ्नो लेख ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं!’ मा आँफूले तथ्य र प्रमाणको आधारमा आक्षेप नलगाएको बताएका छन्। उनले उक्त लेखमा महाराजधीराजको संलग्नता एउटा ‘इन्लाइटण्ड गेस’(अनुमान) मात्र भएको स्पष्टोक्ति दिएका छन्।

भट्टराईले उक्त लेखले महाराजधीराजलाई अन्याय भएको हुनसक्ने भन्दै भेटेर नै त्यसबारे कुरा गर्ने र उहाँको भावना बुझ्ने इच्छा भएको बताए। उनले देशमा भएका ठूला घोटाला, काण्ड र रहस्यमा रहेका घटनाहरु सबैको छानबिन गर्न आँफू तयार रहेको पनि बताए।

स्मरणीय छ, दरबार हत्याकाण्ड घटेको ५ दिन पछि, ज्ञानेन्द्र शाह राजा भएको दुई दिन पश्चात अर्थात २४ जेठ २०५८ को बिहान कान्तिपुर दैनिकमा तत्कालीन माओवादी सह-कमाण्डर भट्टराईले महाराजधीराज ज्ञानेन्द्रलाई ‘हत्यारा’ शब्दको उल्लेख नगरी हत्यारा भएको आरोप लगाएका थिए। ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं!’ शिर्षकको त्यो लेखले सत्यता भन्दा पनि राजसंस्थालाई नामुट पार्ने र माओवादी बिद्रोहलाई बल दिने ‘इतिहासको उत्पादन’ गरेको थियो।

भट्टराईले देश गम्भीर अस्थिरताको भूमरीमा फस्न लागेको पनि बताए। संसारमा नै शीत युद्धले नयाँ धुर्वीकरण सिर्जना गरेको भन्दै नेपाल जस्तो सानो देशको अस्तित्व नै धरापमा पर्न सक्ने खतरा रहेको बताए। उनले भने, ‘नयाँ शीत युद्ध सुरु भएको छ। अफगानिस्तान देखि बर्मासम्मको हिमाली भेग अति नै संवेदनशील छ।’

त्यसैले देश जोगाउनको लागि पनि आपसी द्वन्द अन्त्य हुनुपर्ने भट्टराईको बुझाई छ। त्यसका लागि राजावादी शक्ति देखि अग्रगामी शक्तिहरु एक ठाउँमा आउने बेला भएको उनले बताए। भट्टराईले राजाको देशका बारे अत्यन्तै पवित्र चाहना रहेको पनि स्वीकारे।

भट्टराईले भने, ‘राजा देखि हामी सबैको पवित्र चाहना नै देशको भलाइ थियो। भलै हाम्रा मार्ग फरक थिए। त्यसैले मेरो आग्रह छ, राजा देखि पूर्व प्रधानमन्त्रीहरुलाई एक पटक छातीमा हात राखेर सोचौं। देश डर लाग्दो दिशा तर्फ उन्मुख भइरहेको छ। देशलाई जोगाउन हामी सबै जुटौं।’

भट्टराईले हिन्दू राष्ट्र, महिलाको समान हक, मधेसी समुदायको इच्छा, उत्पीडित समुदायको आवाज र राजसंस्थाको बारे पनि पुनविचार गर्नु पर्ने बेला आएको बताए। संसद पुनस्थापना गरेर सबै शक्ति मिलेर यो संविधानमा थपघट गर्न सकिने उनको धारणा थियो।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोटसहित दुई भारतीय पक्राउ

जलेश्वर । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा

  • १७ घन्टा अघि