• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, असार १०, २०७८ | Thursday 24th June 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • सरकारलाई देउवाको चेतावनी– तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर
समाचार

सरकारलाई देउवाको चेतावनी– तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २०, २०७८ | June 3, 2021
yoho2

कांग्रेस सभापति शेरबहादुर देउवाले चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको बताएका छन् । देउवाले बुधबार वक्तव्य जारी गरी भनेका छन्, ‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ ।’

देउवाको वक्तव्य जस्ताको तस्तै
अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद् विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्यमार्फत चुरे दोहनलाई

Real Shoes 1

मार्गप्रशस्त गर्न लिएको नीतिलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको छ । विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिँदा त्यसले पानीका स्रोतहरू सुक्न थालेको, भूक्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन् । विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गरिनु सामान्य गल्ती होइन, प्रकृतिविरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र हो ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले ‘राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समितिमार्फत विभिन्न मापदण्ड निर्धारण गरेको थियो । ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको थियो । सो नीति र निर्णयलाई विस्थापित गर्दै ‘व्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको व्यापार गर्न घर जलाएजस्तो’ मात्रै हो । निश्चय नै देशले वर्षौँदेखि व्यापार घाटा व्यहोरिरहेको छ, तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन ।

अतः नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ ।
जय नेपाल !

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
वागमती प्रदेश
असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने

मुलुकको आन्तरिक हवाई उडान यही असार १७ देखि सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
चुडामणि शर्मा, महत र ढकालविरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतका साथै सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्योट आयोग ऐनले दिएको अधिकार क्षेत्र

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
‘अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्ने’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभएको छ ।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै उहाँले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
बाढीबाट मेलम्ची आयोजनामा एक अर्बको क्षति, पानी कहिले आउँछ भन्ने अझै अनिश्चित

गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री तथा कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १२७ रुपैयाँ

पछिल्लो चरणमा पटक पटक बढ्दै आएको इन्धनको मूल्य पुनः बढाइएको छ । बुधबार राति १२ बजेपछि लागू हुने नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिएको जानकारीअनुसार अनुसार पेट्रोल, जिडेल, मट्टीतेल तथा हवाई इन्धन आन्तरिक

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
झण्डै २ घण्टापछि सुचारु भयो टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको समस्या झण्डै दुई घण्टापछि सुचारु भएको छ । कम्पनीको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका प्रयोगकर्ताले बिहीबार बिहानदेखि मोबाइलमा भ्वाइस सेवा प्रयोग गर्न पाएका थिएनन् ।

भीओएलटीई-भीओएलटीई, भीओएलटीई-मोबाइल, मोबाइलबाट-एनसेल नेटवर्क

  • २३ घन्टा अघि
हिपत खबर
भर्खरै
ओलीको नेतृत्वमा एमालेको एकल सरकार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनपछि थपेका दुई उपप्रधानसहित २० मन्त्रीलाई सर्वोच्चले मंगलबार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चको आदेशपछि फेरि

  • २३ घन्टा अघि
हिपत खबर
भर्खरै
निउरो टिप्न जाँदा बाघको आक्रमण, महिलाको मृत्यु

चितवन रत्ननगरस्थित जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्युहुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलका ३२ वर्षीया गीता अधिकारी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घरनजिकै रहेको

  • २४ घन्टा अघि
हिपत खबर
भर्खरै
सामसङले चीनको फ्याक्ट्री भारतमा सार्ने

काठमाडौं। दक्षिण कोरियाको स्मार्टफोन उत्पादक कम्पनी सामसङले आफ्नो उत्पादन प्लान्ट चीनबाट भारत सार्ने भएको छ। कम्पनीले चीनबाट भारतको उत्तरप्रदेशमा प्लान्ट सार्ने भएको हो।

यसका लागि सामसङका प्रमुख कार्यकारी अधिकृत केन काङ्गले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर प्लान्ट भारतमा पक्का

  • १ दिन अघि
हिपत खबर
भर्खरै
देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनीका धेरै स्थानहरुमा र प्रदेश–१, प्रदेश–२, बागमती र सुदूरपश्चिम प्रदेशका

  • १ दिन अघि