• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • गोरखापत्रले छाप्यो- ओली कम्युनिस्ट होइनन्, साँच्चिकै तानाशाह हुन्
समाचार

गोरखापत्रले छाप्यो- ओली कम्युनिस्ट होइनन्, साँच्चिकै तानाशाह हुन्

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २०, २०७८ | June 3, 2021

तपाईंलाई लाग्ला, ‘गोरखापत्र’ सरकारी पत्रिका हो । अनि यसले सरकारको गुणगान मात्रै गाउँछ । तर, १२१ वर्षदेखि छापिइरहेको ‘गोरखापत्र’ पनि २१औँ शताब्दीको व्यावसायिक पत्रिका भइसकेछ । व्यावसायिक भनिने निजी क्षेत्रका सञ्चारमाध्यममा समेत विरलै देखिने सत्तारुढ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना आज बिहीबार छापिएको गोरखापत्रमा पढ्न सकिन्छ । ‘लेखक एमालेका नेता हुनुहुन्छ’ भन्‍ने परिचयसहित प्रदीप नेपालको एक लेख छापिएको छ, शीर्षक छ- ‘बजेटको सन्तुलित व्याख्या' ।

शीर्षकमा बजेट भए पनि बजेटबारे लेखमा एक तिहाइ जति मात्र छ ।

Real Shoes 1

तर, धेरैलाई आश्चर्य लाग्‍ने गरी गोरखापत्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चरम आलोचना गरिएको लेख छापेको छ । अरु बेला पुछारमा 'यी लेखकका निजी विचार हुन्'भनेर लेख्‍ने गरेकामा यो लेखमा त्यस्तो स्पष्टीकरण पनि छैन । प्रदीप नेपाल लेख्छन्, ‘कम्युनिस्ट पार्टीमा उहाँ (ओली) साँच्चिकै तानाशाह हो ।’ नेपाल साहित्यकार पनि हुन् र चर्चित अखबारी खरा लेखक पनि । उनीबाट यस्ता खरो लेखन पहिला पनि पढिएकै हो, तर गोरखापत्रमा होइन । प्रधानमन्त्रीको यति निर्मम आलोचना भने सायद यसअघि गोरखापत्रमा छापिएको थिएन होला । गोरखापत्रले लेखको हाइलाइटको रुपमा पनि कम्युनिस्टको आलोचनाकै पंक्ति छानेको छ । नेपाल लेख्छन्, ‘अध्यक्ष ओली जनकार्य गरेर आउनुभएको होइन । उहाँ मार्क्सवादी पनि हुन सक्नु हुन्‍न जति कोसिस गरे पनि उहाँबाट मार्क्सवादी हुने अपेक्षा नगरे हुन्छ । उहाँ स्टालिनवादी हुनुहुन्छ ।’

 

 

प्रधानमन्त्री ओलीलाई ‘साँच्चिकै तानाशाह’ भनेका नेपाल लेख्छन्, ‘अहिले दलाल पुँजीवादको नियन्त्रण छ, राज्यसत्तामा । कमिसन, ठेक्कापट्टा यस्ता काममा स्वयं नेता अथवा नेताका आफन्त लागेका छन् । कालोसूचीमा परेको ठेकेदारको घरमा स्वयं नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल बस्‍नुहुन्छ ।’

'प्रचण्डपथीय चेतना (एमाले) का सबैजसो नेतामा छ त्यो अहिले प्रचण्डपथ जसरी हैकम चलाएर बस्‍न नपाएको मात्र हो । एकातिर सङ्घीय राष्ट्र भन्ने अनि अर्कोतिर राज्यको सबै अधिकार आफू एक्लैले कुम्ल्याएर साथीभाइबाट अलग्ग बस्‍ने सोच पनि देखियो, तल धेरै भ्रष्टाचार भयो भन्‍ने पनि सुनियो' नेता नेपालले लेखेका छन् 'यी सबै अभिव्यक्तिहरू आफ्नो हक अरूले पाए भन्‍ने कुण्ठाको द्योतक हो । यी सबै अभिव्यक्तिहरू असन्तुष्टिको अन्य कुनै कारण हुनै सक्दैन ।'

यहाँ अर्काे अनौठो कुरा के पनि छ भने सबैलाई 'तपाईं' सम्बोधन गर्ने गोरखापत्रले प्रधानमन्त्रीलाई भने 'तँ' सम्बोधन गरेको छ । पत्रकारलाई शिष्ट भाषा सिकाइरहेका प्रधानमन्त्रीलाई गोरखापत्रले 'साँच्चिकै तानाशाह हो' लेखेको छ । 'तिमी' आदरार्थी बुझिने 'हुन्' पनि नलेख्ने गोरखापत्रले 'साँच्चिकै तानाशाह हुनुहुन्छ'को सट्टा किन 'तानाशाह हो' नै छाप्यो होला त ? जबकि हामीले यहाँ 'तानाशाह हो'लाई 'तानाशाह हुन्' भनेर शीर्षकमा राखेका छौं ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
विमान दुर्घटनामा सात जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच जना यात्रु रहेका छन्

  • १ दिन अघि
हिपत खबर
भर्खरै
अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।

तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।

पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो ।

  • १ दिन अघि
हिपत खबर
भर्खरै
साझा उम्मेदवार चयनको सकसमा पौडेल पक्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ ।

सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा

  • १ दिन अघि
हिपत खबर
भर्खरै
१६ जना सीडिओको सरुवा, को कहा पुगे सूची सहित

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

  • २ दिन अघि
हिपत खबर
भर्खरै
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

पर्सा । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल

  • २ दिन अघि