• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा
समाचार

हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २०, २०७८ | June 3, 2021

दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ ।

आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ । अपिहिमाल गाउँपालिकाका स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि अहिले पाटनमा छन् । जेठ पहिलो साताबाट सङ्कलनमा हिँडेकामध्ये तीन साता नपुग्दै तीन जनाले ज्यान गुमाएका छन् ।

घरमा

Real Shoes 1

खान लगाउन नपुग्ने भएपछि लेकतिर हिँडेकामध्ये दुई महिला र एक पुरुषले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । अपिहिमाल–३ काटैका जयमती कार्कीको यही जेठ १७ गते गाउँ नजिकैको मिच्छा वनमा यार्सागुम्बा सङ्कलनका क्रममा भीरबाट लडेर ज्यान गयो । स्थानीयवासी निरुता कार्कीका अनुसार गाउँ नजिकैको यार्सागुम्बा पाइने वनमा जयमती गत जेठ १० गतेमात्रै यार्सागुम्बा सङ्कलन गर्न पाटन गएकी थिइन् ।

घरमा चार छोरी र एक छोरा छन् । यार्सागुम्बाबाट आर्थिक उपार्जन गर्ने उद्देश्यले लेक गएकी जयमतीको सङ्कलन गर्न गएको एक सातामै ज्यान गयो । अहिले परिवार पूरै शोकमा छ । आर्थिक उपार्जनको लागि गएका अधिकांश गाउँका स्थानीयवासी अहिले निराश बनेर घर फर्किएको निरुताले बताउनुभयो ।

गत साता अपिहिमाल–५ का चुन्धरी धामीको सातगङ्गा वनमा यार्सागुम्बा सङ्कलनका लागि गएको बेला पाटनमै मृत्यु भयो । सामान्य पेट दुख्ने बिरामी भएकी धामीको औषधि उपचार पाउन नसक्दा यार्सागुम्बा पाइने पाटनमै अकालमै मृत्यु भयो । लेकमै मृत्यु भएको दुई दिनपछि मात्रै परिवारले जानकारी पाएका थिए ।

यस्तै जेठ पहिलो साता अपिहिमाल–४ का मोहनसिह ठेकरे हिउँ पहिरोमा परी बेपत्ता भए । बेपत्ता ठेकरेको शव अझै फेला परेको छैन । यार्सागुम्बा सङ्कलन शुरु भएको तीन साताको अवधिमा अपिहिमालकै मात्र तीन जनाले ज्यान गुमाएका छन् ।

जिल्लाभरि अहिले हिमाली क्षेत्रका नागरिकहरु यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएका छन् तर यो पटक मौसममा देखिएको परिवर्तनले ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । “मान्छेको मृत्यु हुन थालेपछि धेरै यार्सागुम्बा सङ्कलक अहिले गाउँ फर्किरहेका छन्”, अपिहिमाल–२ का हरीशचन्द्रसिंह कार्कीले भने, “गाउँका अधिकांश मानिस फर्किएर गाउँमै योजनाका काममा खटिएका छन् । लेकमा यार्सा पाइँदैन । हिउँ पग्लिएको छैन, जोखिम मोल्नुभन्दा गाउँकै विकास निर्माणमा लाग्छौँ भनेर फर्किएका छन् ।

व्यास–१ का योगेश बोहरा यो वर्ष पाटनमा खासै यार्सागुम्बा नपाइने गरेको बताउँछन्,“मान्छे आउने जाने क्रम चलेको छ । मौसम पनि राम्रो छैन्”, उनले भने, यो वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छैन । विगतमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमति पत्र दिने गरेको थियो । सोहीअनुसार सङ्कलकहरु लेक जाने गरेका थिए ।

“हिमाली क्षेत्रका स्थानीयवासीको आर्थिक स्रोतका रूपमा विकल्प नभएपछि अनुमतिबिनै यार्सागुम्बा सङ्कलन गर्नुपर्ने उनीहरूको बाध्यता हो”, अपिहिमाल–१ का जीवन लोथ्याल भन्छन्, “हिमाली क्षेत्रका जनताको आयको प्रमुख स्रोत भनेकै जडीबुटी हो । उनका अनुसार कोरोना महामारीका बीच पनि पेट पाल्नकै लागि पाटनतिर जानुपर्ने उनीहरुको रहर नभएर बाध्यता हो । “रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता अपिहिमालका बासिन्दालाई लागेको छ । यहाँ उत्पादन भएको खाद्यान्नले छ महिना पनि खान पुग्दैन ।”

यस्तै विचार अपिहिमालका धेरै नागरिकले राखेका छन् । गाउँमा रोजगारीको विकल्प नहुनु र आयस्रोत नहुँदा यार्सागुम्बा सङ्कलन गर्नुपरेको हो तर सङ्कलनका क्रममा भइरहेको घटनाका कारण अहिले धेरै निराश बनाएको छ ।

विगतमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु भएका नागरिकलाई बिमा उपलब्ध गराएको थियो । यो पटक भने कोरोनाका कारण अनुमति जारी गर्न रोक लगाइएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताए ।

जिल्लामा हरेक वर्ष यार्सागुम्बा सङ्कलनको क्रममा पाँच÷सात जनाले अकालमै ज्यान गुमाउने गरेको जिल्ला प्रहरीको तथ्याङ्क छ । जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
विमान दुर्घटनामा सात जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच जना यात्रु रहेका छन्

  • १ दिन अघि
हिपत खबर
भर्खरै
अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।

तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।

पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो ।

  • १ दिन अघि
हिपत खबर
भर्खरै
साझा उम्मेदवार चयनको सकसमा पौडेल पक्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ ।

सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा

  • १ दिन अघि
हिपत खबर
भर्खरै
१६ जना सीडिओको सरुवा, को कहा पुगे सूची सहित

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

  • २ दिन अघि
हिपत खबर
भर्खरै
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

पर्सा । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल

  • २ दिन अघि