• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

आइतवार, अशोज ३, २०७८ | Sunday 19th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • पक्राउ परेका अभिनेता करणको दुखेसो : श्रीमतीले मलाई थुकिन्, आफैंले टाउको ठोक्काएर मलाई फसाइन्
मनोरञ्जन

पक्राउ परेका अभिनेता करणको दुखेसो : श्रीमतीले मलाई थुकिन्, आफैंले टाउको ठोक्काएर मलाई फसाइन्

  • सिधा दृष्टी बुधबार, जेष्ठ १९, २०७८ | June 2, 2021

‘ये रिश्ता क्या कहलाता है’ शोका मुख्य अभिनेता करण मेहरा सोमबार राती पक्राउ परेका थिए । श्रीमती निशाले उनीमाथि कुटपिटको आरोप लगाएकी छिन् । यो पूरा मामिलामा करणले एक भारतीय सञ्चार माध्यमसँग कुरा गरेका छन् । यसबारे करण मेहरा के भन्छन् त ?

करण मेहराले यसबारे भने, ‘यो निकै दुःखको कुरा हो । यति वर्षको मिहिनेत, यत्तिका वर्षको तपाईंको विवाहमा यस्तो भइरहेको छ । यो निकै दुःखको कुरा हो । पछिल्लो एक महिनादेखि छलफल चलिरहेको छ किनभने निकै लामो समयदेखि

Real Shoes 1

हामीबीच कुराहरु राम्रो भइरहेको छैन । त्यसैले हामीले हामी अलग हुने हो कि के गर्ने हो भन्नेबारे सोचिरहेका छौं । त्यसैले हामीले कुरा मिलाउने कोसिस गरिरहेका थियौं ।’

‘निशाका भाइ रोहित सेठिया पनि आएका थिए, कुरा मिलाउन । निशा र उनका भाइले एक एलिमनी अमाउन्ट मागे तर त्यो रकम यति महँगो थियो कि मैले त्यो गर्न सक्दिनँ भनेँ । एलिमनीको विषयमा कुरा चलिरहेको थियो, हिजो राती पनि यसबारे कुरा भएको थियो । उनी राती १० बजे म भएठाउँ आएर यसैबारे कुरा गरे । मैले ‘म त गर्न सक्दिनँ’ भनेँ । त्यसपछि उनीहरुले कानूनी हिसाबले गर्न भने । मैले पनि ‘म कानूनी हिसाबले नै गर्छु’ भनेँ । ’

करणले थपे, ‘त्यसपछि म मेरो कोठामा आएँ । त्यसपछि म आमासँग कुरा गर्न थालेँ । त्यति नै बेला निशा भित्र आइन् र उनले मलाई, मेरा आमाबुवा, मेरा भाइहरुलाई गाली गर्न थालिन् । उनी बेस्सरी चिच्याउन थालिन् । यतिमात्रै होइन, निशाले मलाई थुकिन् । त्यसपछि मैले निशालाई कोठाबाट बाहिर जान भने । त्यसपछि निशाले मलाई ‘हेर, अब म के गर्छु’ भनेर बाहिर निस्किइन् ।’

‘त्यसपछि निशाले भित्तामा आफ्नो टाउको ठोकिन् र सबैलाई मैले गरेको भनिन् । निशाका भाइले ममाथि हातपात गरे । निशाका भाइले ममाथि हिंसा गरे । उनले मलाई थप्पड हाने र छातीमा पनि हाने । मैले उनका भाइलाई आफूले निशालाई नहानेको बताएँ । यसका लागि सीसीटीभी फुटेज हेर्न पनि भनेँ तर क्यामरा पहिला देखि नै बन्द थियो ।’

करणले भने, ‘उनले भिडियो रेकर्ड गर्न सुरु गरे र त्यसपछि प्रहरीलाई बोलाए तर प्रहरीले केही पनि गरेन किनभने उनीहरुलाई वास्तविकता के हो थाहा छ । झुटो मुद्दा हाल्छौ भने वास्तविकता त आइहाल्छ । भोलि अनुसन्धान हुँदा सत्य त पक्कै पनि आउँछ ।’

करणले भने, ‘निशाले जत्ति माग्छिन्, त्यत्ति नै म कहाँबाट ल्याउन सक्छु ? हाम्रो सम्बन्धविच्छेद हुन लागेको थियो, म यत्ति धेरै पैसा कहाँबाट ल्याउँ । यो सबै म काविश, मेरो छोराका लागि गरिरहेको थिएँ । राम्रोसँग कुरा गरेर पनि कुरा सुल्झाउन सकिन्छ । मेरा आमा–बुवाले पनि कोसिस गरिरहनुभएको थिया । तर निशाले मलाई छोडेर गइन्, मैले देखिरहेको थिएँ कि उनले मेरो छोरालाई मबाट टाढा राख्ने कोसिस गरिरहेकी थिइन् ।’

करणले थपे, ‘म केही बेर प्रहरी स्टेशनमा थिएँ, त्यसपछि म साथीको घर गएँ तर निशाले जे चाहेकी थिइन्, त्यो ममाथि भएन । मैले प्रहरीसँग कुरा गरेँ, उहाँहरुले मेरो कुरा बुझ्नुभयो । निशाले स्थिति सम्हाल्नुको साटो थप बिगारिदिइन् ।’

 

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
सक्किगोनि' आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने

हिजो-आज टीभीमा प्रसारण हुने जुनसुकै कार्यक्रमहरू पनि युट्युबमा हाल्ने गरिन्छ । टीभीमा भन्दा युट्युबमा राम्रो दर्शक पाइने भएपछि धेरैको आकर्षण युट्युबमा बढिरहेको छ ।

हिमालय टीभीमा प्रसारण हुने हास्य टेलिसिरियल ‘सक्किगोनि’का प्रत्येक भागहरू युट्युबमा सार्वजनिक भइरहेका हुन्छन् । सक्किगोनिले युट्युबमा

  • ४ दिन अघि
हिपत खबर
भर्खरै
अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

काठमाडौं ।अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।

अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
निर्देशक सुदर्शन थापाले सुप्रिया कटवालसँग इन्गेजमेन्ट गरे

काठमाडौं ।प्रेमकथा फ्लेभरका फिल्मका सफल निर्देशक सुदर्शन थापाले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटवालसँग इन्गेजमेन्ट गरेका छन् । यो जोडीले लाजिम्पाटस्थित होटल र्याडिसनमा पारिवारिक माहौलमा इन्गेजमेन्ट गरेका हुन् ।

निर्देशक सुदर्शनको आज जन्मदिन हो । यही मौकामा उनले लामो समयदेखिकी प्रेमिका

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
नायिका करिश्मा कक्षा १२ को परीक्षाको तयारीमा

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षाको तयारी गरेको छ । सबै काम छोडेर पठनपाठनमा लागेकी छन् । स्थगित परीक्षा भदौ ३० गतेबाट सुरु हुने परीक्षा तयारीका लागि सबै काम छोडेर पठनपाठनमा व्यस्त

  • २ हप्ता अघि
हिपत खबर
भिडियो
मायाको भूलमा परमिता आर एल राना

काठमाडौं । नायिकाबाट गायिका बनेकी परमिता आर एल रानाको स्वरमा रहेको गीत ‘मायाको भूल’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा परमिताको स्वर, पिरो राना र परमिताकै शब्द छ । गीतले प्रेममा बारम्बार धोका पाएपछि एक यूवतीले लिएको बदलाको कथालाई उठाएको

  • २ हप्ता अघि
हिपत खबर
बलिउड / हलिउड
मलामी गएको कपडा लिलामीमा राखेपछि अभिनेत्री दीपिकाको आलोचना

मुम्बई, एजेन्सी । दीपिका पादुकोनले सन् २००५ मा ‘ओम शान्ति ओम’बाट डेब्यु गरेयता फिल्ममा असफल हुनु परेको छैन । एकपछि अर्को फिल्मबाट उचाइ छोएकी छिन् । तर, जतिबेला उनी भटाभट हिट फिल्म दिइरहेकी थिइन् त्यहीबेला दीपिका डिप्रेसनको पनि रोगी बनिन्

  • ४ हप्ता अघि
हिपत खबर
भर्खरै
कलाकार सम्भुराज थापाको कोरोना संक्रमणबाट निधन

काठमाडौं । कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • ४ हप्ता अघि
हिपत खबर
भर्खरै
गरिमा बनिन मिस नेपाल नर्थ अमेरिका सुन्दरी

काठमाडौं । न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका–२०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगिताकि बिजेता गरिमा ज्ञवाली बनेकी छिन ।

न्यूयोर्ककी गरिमा ज्ञवालीले १७ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज पहिरिएकी हुन् । प्रथम बिजेतामा याङ्गछेन लामा तथा

  • १ महिना अघि
हिपत खबर
भर्खरै
‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि किरण गजमेरलाई

काठमाडौँ ।  गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि भूटानी शरणार्थी युवा किरण गजमेरले जितेका छन् ।

झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि जितेका हुन् ।

टप-४ मा पुगेका

  • १ महिना अघि
हिपत खबर
भर्खरै
न्यूड भएर इन्स्टा लाइभमा आइन अभिनेत्री गहना वशिष्ट

एजेन्सी । अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् । राज कुन्द्राले बनाएका फिल्म अश्लिल नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिएकी गहनाले आफ्नो

  • २ महिना अघि