• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

आइतवार, अशोज ३, २०७८ | Sunday 19th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोपका लागि अमेरिका र बेलायतसँग पनि कूटनीतिक पहल
समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोपका लागि अमेरिका र बेलायतसँग पनि कूटनीतिक पहल

  • सिधा दृष्टी बुधबार, जेष्ठ १९, २०७८ | June 2, 2021

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोपका लागि अमेरिका र बेलायतसँग पनि कूटनीतिक पहल गरेकी छन् । राष्ट्रपति भण्डारीले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई लेखेको पत्र आइतबार हस्तान्तरण गरिएको लन्डनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यस्तै, राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउन आग्रह गर्दै अमेरिकी समकक्षी राष्ट्रपति जो बाइडेनलाई पत्राचार गरेकी हुन् । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले राष्ट्रपतिको पत्र शुक्रबार डीसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरे । राजदूत डा. खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप

Real Shoes 1

योजनाबारे विस्तृतमा जानकारी गराएका थिए । यसअघि बुधबार राष्ट्रपतिले भारत र चीनका समकक्षीसँग सहयोगका लागि आग्रह गरेकी थिइन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले खोप आयात गर्न उच्चस्तरीय संयन्त्रद्वारा पहल भइरहेको बताए ।  ‘सरकारले उच्चस्तरीय सबै संयन्त्र प्रयोग गरी खोप प्राप्तिको प्रयास गरिराखेको छ’, डा. पोखरेलले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूबाट समकक्षीमार्फत भारत, चीन, अमेरिकालगायत देशसँग खोप प्राप्तिका लागि कुराकानी भएको हामीलाई जानकारीमा आएको छ ।’

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विभिन्न कूटनीतिक नियोगसँग पहल गरिरहेको बताए । ‘कहिलेसम्ममा कति खोप आउने भन्ने यकिन भइसकेको छैन’, उनले भने ।
मुलुकका १४ जिल्लामा ५५ वर्ष माथिका नागरिकलाई र बाँकी जिल्लामा ६५ वर्षका नागरिकलाई पहिलो डोज खोप लगाइएको छ ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार पहिलो डोज लगाएको ९ देखि १२ साताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने हुन्छ । करिब साढे १३ लाख नागरिकलाई तत्कालै दोस्रो खोप लगाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘कोभिसिल्डको दोस्रो मात्रा उपलब्ध हुने संभावना तत्कालै देखिएको छैन । कोभिसिल्ड, एस्ट्राजेनेका वा एस्केबायोजस्ता एउटै प्रकृतिका खोप उपलब्ध गराइदिन विभिन्न संयन्त्रमार्फत प्रयास भइरहेको छ । यसमा सकारात्मक जवाफ आए पनि खोप प्राप्त हुने बित्तिकै खोप लगाउँछौं’, उनले भने, ‘१२ हप्ता पछि खोप लगाउँदा पनि खोपको प्रभावकारिता रहन्छ ।’ राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले एस्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको मासिंगालाई बताएका छन् ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोटसहित दुई भारतीय पक्राउ

जलेश्वर । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा

  • १७ घन्टा अघि