• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • ‘कोरोना मलाई झम्टिन आएको थियो, जाँदा ह्वाँ…ह्वाँ… रोएर गयो’
समाचार

‘कोरोना मलाई झम्टिन आएको थियो, जाँदा ह्वाँ…ह्वाँ… रोएर गयो’

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १८, २०७८ | June 1, 2021

कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनाभाइरस निकै बलियो रहेको बताएका छन्। उनले आफू संक्रमित भएपछि भोग्नु परेको कठिनाइ र कोरोनामुक्त भएकोबारे मंगलबार फेसबुकमार्फत् जानकारी गराएका हुन्।

उनले आफ्नो अनुभव रोचक शैलीमा लेखेका छन्। वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केहीदिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

'म पहिलो पटक ८ दिन, फेरि दोस्रोपल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो,' उनले आफ्नो फेसबुकमा

Real Shoes 1

लेखेका छन्।

उनले आफूलाई माया, शुभेक्षा र आशिर्वाद दिने तथा स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका छन्। सोही आशिर्वाद आफूलाई लागेको श्रेष्ठले बताए।

उनले अमृतमय मायाको बलले कोरोनारूपी विषलाई मज्जाले पचाएको बताएका छन्।

'कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्‍यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेलाबेलामा तर्सायो पनि। बलियोचाहिँ निक्कै बलियो रहेछ बजिया...,' श्रेष्ठले लेखेका छन्,' तर सबैको माया, शुभेक्षा, प्रार्थना र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन। पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेर ह्वाँ... ह्वाँ... रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो।'

उनीसहित परिवारले सोमबार पिसिआर परीक्षण गराएका थिए। सबैको नेगेटिभ आए पनि उनको भने पोजिटिभ आएको थियो।

जसकारण शरिर अलिअलि शिथिल भएको र कम हुँदै गएको बताए।

डाक्टरहरूले उनको शरिरमा एन्टिबडी बनिसकेको हुँदा संक्रमण पुष्टि भए पनि अरूलाई नसर्ने जानकारी गराएका छन्।

'कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्किन्सन छ, प्रोष्टेट, प्रेसर, मुटुको समस्या छ, अनि अर्को कन्स्टिपेसनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद,' उनले लेखेका छन्,'मनमा अझै पनि पूरा खुसी लागेको भने छैन। देशमा अझै पनि कोरोना पीडितहरू धेरै बाँकी नै छन् कतिपय अझ थपिँदै पनि छन्। यस अवस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यही कुलंगार कोरोना नै हुन्।'

त्यस्तै, कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्न उनले सरकारलाई यसलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरेका छन्।

सबै राष्ट्रसँग पहल गरी खोप ल्याएर जनताको ज्यान जोगाउन भनेका हुन्।

उनले अन्तिममा सरकारसँग प्रश्न समेत गरेका छन्,'जनता नै भएन भने कसलाई शासन गर्ने? हैन त??'

यस्तो छ मदनकृष्णको स्टाटस 

मलाई माया, शुभेक्षा र आशिर्वाद वर्षाउँदै,मेरो स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा, मेरो हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।

यहाँहरुको आशिर्वाद लाग्यो मलाई।

यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी विषलाई मज्जाले पचाईयो।

कोरोनाले मलाई पछार्न त नराम्रै सँगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि।

बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ...।

तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन।

पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेर

ह्वाँ... ह्वाँ ... रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो...।

अब शरिरमा अलि अलि शिथिलता बाँकी छ। त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ।

म पहिलो पटक ८ दिन, फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो।

डाक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनीसकेको छ। अब तपाईको शरिरमा अरु कसैबाट पनि कोरोना भाईरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन।

एक प्रकारले भ्याक्सिन लिईसकेको सरह नै भैसकेको छ भनेका छन्।

तर म मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो ... भनेर सबैलाई सुनाउने ईच्छाले केहि नलेखी चुपचाप कुरीरहेको थिएँ।

तर हिजो फेरि पिसिआर टेष्ट गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो।

मेरोमा अझै अलि पोजेटिभ बाँकी रहेको देखाएको छ।

डाक्टरहरुको भनाई अनुसार मेरो शरिरमा भएका कोरोनाको भाईरसहरु सबै मरिसकेका छन्।

अब खाली ती मरेका भाइरसका लाशहरु मात्र बाँकी छन्। त्यो बाँकी हुञ्जेल पनि मेशिनले पोजेटिभ नै देखाउँछ। त्यस्ले केहि फरक पर्दैन, केहि दिन पछि त्यो पनि आफैँ जान्छ भनेका छन्।

जे होस बाँचियो बा ...!

कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद|

यहाँहरु जस्तो मलाई औधि माया गर्नु हुने लाखौँ लाख शुभेक्षकहरुपनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा।

यो कुरा मैले हजुरहरुलाई जानकारी दिनका लागि मात्र लेखेको हुँ।

मनमा अझै पनि पूरा खुशी लागेको भने छैन।

देशमा अझै पनि कोरोना पिडीतहरु धेरै बाकी नै छन् कतिपय अझ थपिँदै पनि छन्।

यस अवस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यहि कुलंगार कोरोना नै हुन्।

सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
विमान दुर्घटनामा सात जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच जना यात्रु रहेका छन्

  • १ दिन अघि
हिपत खबर
भर्खरै
अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।

तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।

पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो ।

  • १ दिन अघि
हिपत खबर
भर्खरै
साझा उम्मेदवार चयनको सकसमा पौडेल पक्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ ।

सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा

  • १ दिन अघि
हिपत खबर
भर्खरै
१६ जना सीडिओको सरुवा, को कहा पुगे सूची सहित

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

  • २ दिन अघि
हिपत खबर
भर्खरै
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

पर्सा । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल

  • २ दिन अघि