• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, अशोज २, २०७८ | Saturday 18th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • आर्थिक
  • निषेधाज्ञाले गर्दा मागअनुसारको अण्डा पुर्याउन मुस्किल
आर्थिक

निषेधाज्ञाले गर्दा मागअनुसारको अण्डा पुर्याउन मुस्किल

  • सिधा दृष्टी सोमवार, जेष्ठ १७, २०७८ | May 31, 2021

कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।

आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्याउन कठिन भएको बताउनुहुन्छ । दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै सङ्ख्यामा कृषकको अण्डा सङ्कलन गरेर दाउन्नेले देशभर बिक्री गर्दै आएको छ । देशकै सबैभन्दा

Real Shoes 1

ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिँदै उहाँले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिक्रेताले मागेकै दिनमा अण्डा दिन सक्ने अवस्था छैन ।” माग बढेकै कारण उत्पादनले पु¥याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरुले अण्डाको उपयोग बढाएको पाइएको छ । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महिना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।

अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागिसमेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “किराना पसल खुल्दा सबैको हातहातमा अण्डाको क्रेट देख्न सकीन्छ ।” आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग हुने गरेको उहाँको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी कोरोना सङ्क्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा ९कम्प्लिट प्याकेज० अण्डामा पाइने बताउनुहुन्छ । एशियाका देशमा खाने खानामा कार्बोहाइडे«ट बढी हुने भन्दै उहाँले अण्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताउनुभयो । शरीरले नबनाउने र बाहिरबाट लिनुपर्ने आवश्यक एमिनो एसिडको नौवटै तत्व अण्डामा पाइने भरतपुर अस्पतालका अध्यक्षसमेत रहनुभएका अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डा उपयुक्त हुन्छ ।”

कृषकको भनाइमा हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो सङ्ख्या घटेर २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा बढेको जानकारी दिनुभयो । घरमा बसेकाहरुले सुरक्षित पौष्टिक आहारका रुपमा अण्डालाई लिएको उहाँको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डा रोकटोक नभएकाले सबैले अण्डा पाउन सकेका छन् । उहाँले भन्नुभयो, “अण्डाको पौष्टिक तत्वका बारेमा बुझ्ने, नबुझ्ने सबैले खाएका छन् ।” होटेल, रेष्टुरेन्ट नखुल्दा र भोजभतेर नहुँदासमेत खपत राम्रो भएको केसी बताउनुहुन्छ । पहिले बाहिर खानेले अहिले घरमा खाइरहेको उहाँको भनाइ छ ।

माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट ९३० वटा० ठूलो अण्डाको मूल्य रु ३७० पर्दछ । मध्यमको मूल्य रु ३५५ रहेको छ । देशभरमा लेयर्स कुखुरा पाल्ने कृषकको सङ्ख्या दुई हजार ८०० हाराहारीमा छन् । उनीहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७५ हजार हाराहारीले रोजगारी पाएको केसी बताउनुहुन्छ । नेपालमा पोल्ट्री क्षेत्रमा रु एक खर्ब ५० अर्ब हाराहारी लगानी भएको भन्दै उहाँले त्यसको २५ प्रतिशत लेयर्स फार्मिङमा भएको जानकारी दिनुभयो ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
सुनको भाउ एकैदिन १४ सयले घट्यो

काठमाडौं । सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ ।

हिजो (बिहीबार) तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो ।

  • १ दिन अघि
हिपत खबर
भर्खरै
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट सञ्चालनमा ल्याइँदै

काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ ।

सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको

  • १ दिन अघि
हिपत खबर
भर्खरै
कच्चा पदार्थको भाउ बढेकाले खाने तेलको मूल्य बढेको उद्योगीको दाबी

काठमाडौँ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ ।

नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य

  • २ दिन अघि
हिपत खबर
भर्खरै
शेयरबजारमा आज करिब ७७ अकंको गिरावट

काठमाडौं । शेयर बजारको ओरालो यात्रा यो साताभर कायम रह्यो । बिहीबार समेत बजारले यही ट्रेण्ड पच्छ्याउँदा बजार २८१२.३० बिन्दुमा झरेको छ । साताको अन्तिम कारोबार दिन बजारमा ७६.६५ प्रतिशतको गिरावट देखियो ।

भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका

  • २ दिन अघि
हिपत खबर
भर्खरै
सेयर बजार : नेप्से ४० विन्दुले घट्यो

सरकारको बजेटसम्बन्धी अन्योल र बैंक तथा वित्तीय संस्थाहरुको ब्याज बढ्ने आकलनका कारण सेयर बजार कम्जोर बन्दै गएको छ । उच्च गतिले बढेर अल टाइम हाईको रेकर्ड बनाएको सेयर बजार केही दिन यता भने घट्दो क्रममा छ । बुधबार पनि बजारले

  • ३ दिन अघि
हिपत खबर
बैँक / वित्त
नेपाललाई विश्व बैंकको रु ५ अर्ब ८७ करोड सहयोग

काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ ।

अर्र्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
सुनको मूल्य बढ्यो, चाँदी स्थिर

नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। बुधबार सुन तोलामा ६ सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय कायम गरिएको थियो ।

तेजावी सुन

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
प्रधानमन्त्री देउवाको तलबभत्ता रोकिने, सभामुख सापकोटाको नरोकिने

काठमाडौं । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले आज मध्यरातबाट केही दिन सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ ।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय भएको र नयाँ सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
लमजुङको क्वहोलासोंथरमा चट्याङबाट पाँच भैँसी मरे

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् ।

चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए ।

सोमबार साँझ करिब ५ बजे परेको

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल सेवाप्रदायकको लाइन काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना विद्युतीय संरचनाहरु प्रयोग गरी इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरुलाई भाडा सम्झौता गर्न आउन आगामी १५ असोजसम्मको समयसीमा दिएको छ ।

केही सेवा प्रदायकहरुले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भए

  • ४ दिन अघि