मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु
भर्खरै

यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

  • सिधा दृष्टी सोमवार, जेष्ठ १७, २०७८ | May 31, 2021

दार्चुलाको अपी हिमाल गाउँपालिका-५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो ।

बताइएअनुसार यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् ।

यसअघि अपी हिमाल गाउँपालिका-४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय