बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकामा थपिए १०९३ जना कोरोना संक्रमित
भर्खरै

उपत्यकामा थपिए १०९३ जना कोरोना संक्रमित

  • सिधा दृष्टी आइतवार, जेष्ठ १६, २०७८ | May 30, 2021

काठमाडौं उपत्यकामा थप १०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  थप १०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, आइतबार देशभर ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको डा. अधिकारीले बताए ।

पछिल्लो २४ घण्टामा ६२०५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १०९ जनाको मृत्यु भएको छ

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय