• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, अशोज २, २०७८ | Saturday 18th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानमन्त्रीको गृहजिल्लामा खनियो बजेट
समाचार

प्रधानमन्त्रीको गृहजिल्लामा खनियो बजेट

  • सिधा दृष्टी आइतवार, जेष्ठ १६, २०७८ | May 30, 2021

प्रदेश १ को राजधानी समेत रहेको विराटनगरलाई खासै छुन नसकेको संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा भने खातैखात लागेको छ ।झापा जिल्ला त्यसमा पनि तीनवटा ठूला कार्यक्रम प्रधानमन्त्रीको गृहनगर र एउटा कमल गाउँपालिकामा परेका छन्। बजेटले अधिकांश विकास पूर्वाधारको निर्माण दमकमा केन्द्रीत भएको देखिन्छ ।

गत आमनिर्वाचनमा प्रधानमन्त्री ओली झापा–५ बाट विजयी भएका हुन्,जहाँ दमक नगरपालिका पनि पर्दछ ।​ दमकमा मात्र आगामी आर्थिक बर्षका लागि बाल साहित्य प्रवद्र्धन गर्ने उद्देश्यले तयार

Real Shoes 1

पारिएको ‘बाल प्रज्ञा प्रतिष्ठान’ स्थापनाका लागि बजेट विनियोजन भएको छ । जसअनुसार दमकमा गुणस्तरीय शिक्षा सहितको चिल्ड्रेन पाराडाइज स्थापना गरिने छ ।
त्यसैगरी बजेट वक्तव्यमार्फत आदिवासी रंगशाला निर्माण स्थलपनि दमकमा सारिएको छ । कमलको पाडाजुँगीमा बन्ने भनिएको आदिवासी रंगशालाको नाम परिवर्तन गरेर ओली सरकारले मदन भण्डारी रंगशाला बनाएपछि विवाद चर्केकै बेला रंगशाला निर्माण दमकमा सारिएको हो । पहिलाको उक्त स्थान कमल गाउँपालिका क्षेत्रमा पथ्र्यो । तर बजेट वक्तव्यमा उक्त स्थानबाट रंगशाला निर्माणको कामपनि दमकमा सारिएको हो ।
अब दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा ३५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माण गरिनेछ ।

त्यसैगरी बहुतले बसपार्कसहितको सिटी पार्क निर्माणका लागि पनि दमक नै छानिएको छ। दमकमै दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूर्वाधार निर्माण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने योजना भएको यो कार्यक्रम मकवानपुरको मयूर धाप,रुपन्देहीको मोतीपुर,बाँकेको नौवस्ता,कैलालीको लम्की र कञ्चनपुरको दैजीमा पनि लागू हुनेछ।
त्यस्तै प्रादेशिक कृषि कार्यक्रमका लागि दुई वर्षभित्र चन्द्रडाँगीमा कृषि फार्मलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गरी सञ्चालनमा ल्याइने तथा नदी कटानबाट जोगाउने योजना पनि पारिएको छ।

सरकारले भद्रपुरसहित म्याग्दीको वेनी,डोल्पाको दुनै,बझाङ्गको चैनपुर र दार्चुलाको खलङ्गा बजारलाई नदी कटानबाट संरक्षण गर्न बजेट व्यवस्था गरेको छ।

आगामी आर्थिक वर्षको समृद्ध तराई–मधेस सिँचाइ विकास कार्यक्रमले पनि झापालाई समेटेको छ।

झापासहित सप्तरी,उदयपुर,चितवन,पूर्वीनवलपरासी,दाङ,बर्दिया,कञ्चनपुर लगायत २५ जिल्लाको २० हजार हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्न रु। २ अर्ब ३४ करोड विनियोजन भएको छ।

त्यस्तै,सम्भावना युक्त स्थानमा नदी पथान्तरण आयोजना सञ्चालन गरी झापादेखि कञ्चनपुरसम्मका तराईका भू–भागमा सिँचाई सुविधा विस्तार गरिने योजना पनि रहेको छ।

नहर निर्माणमा पनि झापा छुटेको छैन । झापादेखि कञ्चनपुरसम्मको चुरे पहाडको भावर क्षेत्रमा कोशी,गण्डकी,कर्णाली एवम् तिनका सहायक नदी प्रणालीलाई अन्तर आवद्ध गरी नहर निर्माण गर्न सम्भाव्यता अध्ययनको लागि बजेट व्यवस्था गरिएको छ।

स्नातकोत्तर क्याम्पस विराटनगरमा सहप्राध्यापक डा अर्जुनकुमार बरालले समग्र बजेटको आकार वित्तीय अनुशासनभन्दा बाहिर नगएको भए पनि प्रधानमन्त्रीले बजेटमार्फत गृह जिल्लामा प्रभाव देखाउन खोजेको प्रतिक्रिया दिए ।

‘विकासको सिद्धान्तले क्षेत्रगत रुपमा प्रदेशको राजधानीलाई भौतिक पूर्वाधार निर्माणमा सम्पन्न बनाउने परिपाटी कायम छ’ बरालले भने, ‘तर यसपटकको बजेट भाषणमा बिलकुल फरकपन महसुस भएको छ।’

प्रधानमन्त्रीको गृह जिल्ला एव निर्वाचन क्षेत्र भएकै आधारमा योजनाको आवश्यकता र उपादेयता पुष्टि नहुने गरी योजना निर्धारण गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको उनले बताए ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोटसहित दुई भारतीय पक्राउ

जलेश्वर । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा

  • १३ घन्टा अघि