भरतपुर महानगरपालिका-१० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य छन् ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको र दुवैको अवस्था मध्यम रहेको छ । बताइएअनुसार आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ ।
खाना बनाउने क्रममा
ग्यास पड्किएपछि घरमा आगलागीसमेत भएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।