• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको : प्रकाशमान
भर्खरै

असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको : प्रकाशमान

  • सिधा दृष्टी शनिबार, जेष्ठ १५, २०७८ | May 29, 2021

 काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नेपालीमा गणतन्त्र दिवसको शुभकामना दिंदै संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गर्न आह्वान गरेका छन् । लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता र समावेशीता राष्ट्रपति र प्रधानमन्त्रीको गलत भूमिकाका कारण संकटमा परेको भन्दै उनले सो आह्वान गरेका हुन् ।

‘संविधानको पालक (राष्ट्रपति) र कार्यान्वयनको मूल दायित्व रहने प्रधानमन्त्रीका पछिल्ला असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको छ । हिजो गणतन्त्रका लागि लडेका सबै शक्ति पुनः एकपटक जनताको मतबाट निर्वाचित प्रधानमन्त्रीको

Real Shoes 1

स्वेच्छाचारी कदमकाविरूद्ध गणतन्त्र, संविधान र संसदको रक्षार्थ राजनीतिक र कानुनी रूपमा प्रतिवादमा उत्रिएका छौं । निश्चित छ, गणतन्त्र र परिवर्तनका एजेन्डा विरोधी शक्तिलाई नेपाली जनताले छिट्टै परास्त गर्नेछन्,’ नेता सिंहले भनेका छन् ।

उनले भनेका छन्, ‘अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैया अभावमा छट्पटाइ रहेकाहरूलाई मतपत्र थमाउँछु, भन्ने अविवेकी शासकको जति निन्दा गरेपनि कम हुन्छ । यो महामारीको बेलामा हामीलाई जनताको जीवन बचाउन होइन मत माग्न जाऊ भन्नु कुन मानवीयताले दिनसक्छ ? आज गणतन्त्र दिवसका दिन हामीले फेरि एकपटक, लामो संघर्षको प्रतिफल संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गरौं ।’

कोरोना महामारीबाट बच्न र असंवैधानिक कदमको कडा प्रतिवाद गर्न उनले सबैमा अपिलसमेत गरेका छन् ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी

  • १९ मिनेट अघि
हिपत खबर
भर्खरै
ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला

  • ३४ मिनेट अघि
हिपत खबर
भर्खरै
आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय

  • ३७ मिनेट अघि
हिपत खबर
भर्खरै
डडेल्धुरामा पुन अधिवेशन हुने संभावना नदेखेको महामन्त्री कोइरालाको भनाइ

काठमाडौँ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशनलाई मान्यता नदिन भन्दै महाधिवेशन केन्द्रीय निर्वाचन समितिसँग छलफल गरेपछि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले फेरि वडा अधिवेशन हुने सम्भावना नरहेको बताएका छन् ।

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं महानगरपालिका भित्र विद्यालय सञ्चालनको विषयमा समिति गठन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालय खोल्ने विषयमा समिति गठन गरेको छ ।

बिहीबार बसेको शिक्षा समितिको वैठकले विद्यालय सञ्चालन मापदण्ड निर्माण गर्न ‘विद्यालय सञ्चालन मापदण्ड समिति’ गठन गरेको मेयर विद्यासुन्दर शाक्यले बताए ।

उक्त

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने

काठमााडौं । कोरोना विरूद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।

एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिन निगमको वाइडबडी–३३० जहाज राति ११ बजे बेइजिङ प्रस्थान गर्ने जानकारी दिए।

उनले खोप लिएर जहाज

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि थप गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

पार्टीका त्रय अध्यक्षहरु(प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापा) को उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले उक्त निर्णय गरेको हो

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
युरोपेली संघले गरिव मुलुकहरुलाई कोरोना विरुद्धको २० करोड खोप प्रदान गर्ने

एजेन्सी । युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरुलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिव देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिइन् ।

  • १६ घन्टा अघि