• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, असार ७, २०७८ | Monday 21st June 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा पिल्सिएका छौं : कांग्रेस नेता डा. भण्डारी
भर्खरै

ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा पिल्सिएका छौं : कांग्रेस नेता डा. भण्डारी

  • सिधा दृष्टी शनिबार, जेष्ठ १५, २०७८ | May 29, 2021
yoho2

काठमाडौं – नेपाली कांग्रेसका बौद्धिक नेता डा.चन्द्र भण्डारीले नेपाली जनता ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा पिल्सिनुपरेको बताएका छन् ।

सरकारको नीति, कार्यक्रम, योजना र बजेटमा जनताका आधारभूत आवश्यकता खाना, नाना, छाना, शिक्षा र स्वाथ्यलाई प्राथमिकतामा राख्नुपर्ने भएपनि जनताले यी सुविधा नपाएको नेता भण्डारीले गुनासो गरे ।

सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै नेता भण्डारीले भनेका छन्, ‘नेपालका ती नेता र विज्ञ जसले देश निर्माणको जिम्मा लिए र आफूलाई सर्वज्ञ ठाने, तिनीहरूले लिएको सोच, बनाएका योजना र

Real Shoes 1

गरेका कामको प्रतिफल देख्दा लाग्दछ, तिनीहरू दिमागी रूपमा रोगी थिए, अशक्त थिए ! आज हामी यही ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा पिल्सिएका छौं । कहिले गर्ने ? कसले गर्ने ? यी हुन् उत्तरविहीन प्रश्नहरू !’

नेता भण्डारीले लेखेका छन्, ‘हाम्रो देशमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट ! अनि मेरो देशको तस्वीर ! २०६५ सालमा मेरो पीएचडीको अनुसन्धानको लागि झापा गएको थिएँ । झापाको चिया बगानमा काम गर्ने मजदुरसँग धेरै समस्याहरूको बारेमा प्रश्न राखेको थिएँ । त्यसमध्ये एउटा प्रश्न थियो, ‘नयाँ नेपालमा तपाईंहरूलाई के गर्नुपर्दछ ?’ सबैको एकस्वरको भनाई थियो, ‘हाम्रा बच्चा पढाइ देऊ र एउटा भिटा देऊ ।’ उनीहरूले बच्चाहरूबाट भविष्य खोजे, बस्ने छाप्रोको लागि घडेरी । त्यसरी नै वीरगञ्ज ठाकुरराम क्याम्पसका छात्राहरूसँगको छलफलको क्रममा माथिकै प्रश्न गरेको थिएँ । उनीहरूको जवाफ थियो, ‘दहेज प्रथाबाट मुक्त गरिदेऊ !’ अहिले पनि खाना, नाना, छाना, शिक्षा र स्वाथ्यदेखि तिनै सामाजिक समस्याहरू ज्युँकात्यूँ छन् । एउटा योजना सम्पन्न गर्न दशक लाग्दछ कि बीचैमा छोडिदिन्छ । नाकाबन्दी र भूकम्पबाट सिक्ने कोसिस गरिएन ? अहिले नयाँ समस्या थपिएको छ ‘कोरोना’ । समय बित्दै जान्छन्, कार्यक्रम बनिरहन्छ, जनताको अवस्था झन् खराब । नेपालका ती नेता र विज्ञ जसले देश निर्माणको जिम्मा लिए र आफूलाई सर्वज्ञ ठाने, तिनीहरूले लिएको सोच, बनाएका योजना र गरेका कामको प्रतिफल देख्दा लाग्दछ, तिनीहरू दिमागी रूपमा रोगी थिए, अशक्त थिए ! आज हामी यही ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा पिल्सिएका छौं । कहिले गर्ने ? कसले गर्ने ? यी हुन् उत्तरविहीन प्रश्नहरू !’

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
उपत्यकामा बार अनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन्?

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक सहयोग

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि रु. १ लाख २५ हजार को चेक हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगर सहकारी समन्वय समितिका सल्लाहकार, नेफ्स्कूनका कोषाध्यक्ष

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
सुन तथा चाँदीको भाउ घट्यो

काठमाडौं ।  केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घन्टामा थप २४ सय ४२ संक्रमित थपिए, ५१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
४० हजार घुस सहित धादिङका सहायक वन अधिकृत पक्राउ

धादिङ । धादिङको निलकण्ठ सव(डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४०,००० हजार घुससहित पक्राउ परेका छन् ।

पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

बाँके। कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। हाल यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्।

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका१३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका

  • १९ घन्टा अघि
हिपत खबर
भर्खरै
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

‘अहिले भर्खरै मेरो एपोलो अस्पताल दिल्लीमा पूर्वप्रधानमन्त्री खनालसँग भिडियोमा कुराकानी भयो । उहाँको स्वास्थ्यमा उल्लेखीय सुधार भएको छ ।  ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ

  • १९ घन्टा अघि
हिपत खबर
भर्खरै
दलित जात भनेर कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्।

उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई

  • १९ घन्टा अघि
हिपत खबर
भर्खरै
नेप्सेमा ६३ अंकको गिरावट

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३ अंकले घटेको छ। आज कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचकमा ठूलो गिरावट आएको हो।

उक्त अंकको गिरावटसँगै परिसूचक २९ सय ५ अंकमा आइपुगेको छ। यस क्रममा आज ११

  • १९ घन्टा अघि