मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • निर्वाचनका लागि सबै दललाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह
भर्खरै

निर्वाचनका लागि सबै दललाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ १४, २०७८ | May 28, 2021

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आगामी निर्वाचन सफल पार्नका लागि सबै दललाई सरकारमा सहभागी हुन गर्नुभएको हो । उहाँले ताजा जनादेशमा जानु प्रतिगमन नहुने बताउनुभयो।

 

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उहाँले मध्यावधि निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गर्नुभएको छ । आफुले घोषणा गरेको मध्यावधि चुनाव वैधानिक भएको दाबी गर्दै उहाँले त्यसलाई अस्वीकार नगर्न आग्रह गर्नुभएको छ ।

‘मैले पनि विश्वासको

मत प्राप्त गर्न नसक्ने र अर्को पनि विकल्प दिन नसकेपछि संवधानिक वाध्यताअनुसार संसद विघटन गर्नु परेको हो,’ उहाँले भन्नुभयो ।

आफ्नो लागि सत्तामा रहनु र नरहनु प्रमुख विषय नभएकोमा भन्दै उहाँले भन्नुभयो, ‘हाम्रो लागि सत्ता साधन मात्र हो साध्य होइन । हाम्रो लागि साध्य भनेको राष्ट्रिय अस्मिता र स्वाभिमानको संरक्षण हो ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय