मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आवश्यकता भएकालाई स्थानीयस्तरमै खाद्यान्न पुऱ्याइने
भर्खरै

आवश्यकता भएकालाई स्थानीयस्तरमै खाद्यान्न पुऱ्याइने

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ १४, २०७८ | May 28, 2021

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कसैलाई खाद्यान्न खरिद गर्नु परेमा स्थानीयस्तरमै उपलब्ध गराइने जनाएको छ ।

आजदेखि एक साताका लागि थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र डिपार्टमेन्टल स्टोर्ससमेत बन्द गरिएकाले स्थानीय प्रशासनले उक्त व्यवस्था मिलाएको हो ।

निषेधाज्ञाको अवधिमा कसैलाई खाद्यवस्तुको अभाव भई अत्यावश्यक खरीद गर्नुपर्ने भएमा स्थानीयस्तरमै आवश्यक व्यवस्था मिलाइएको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मोबाइल गाडीमार्फत

स्थानीय तहको समन्वयमा स्थानीयस्तरमै खरीद-बिक्रीको व्यवस्था मिलाएकोे छ । प्रशासनले खरिद-बिक्रीका लागि दुवै संस्थाका सम्पर्क व्यक्तिको नाम र नम्बरसमेत सार्वजनिक गरेको छ ।

कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञालाई थप प्रभावकारी बनाउन अवलम्बन गरिएका प्रावधानको पालना अत्यावश्यक देखिएकाले यसपालि आदेशमा कडाइ गरिएको छ ।

प्रशासनले दैनिक खाद्यान्न वस्तु खरिद गर्ने नाममा खाद्य, किराना र डिपार्टमेन्टल स्टोर्समा बढी भीडभाड हुने, भौतिक दूरी कायम नगर्ने तथा सङ्क्रमणको जोखिम बढ्न गएको भन्ने जनगुनासो आएकाले उल्लेख गर्दै यही जेठ २० गतेसम्म लागू भएको निषेधाज्ञाको अवधिमा उपत्यकाका पसलसमेत बन्द गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय