काठमाडौं । क्षत्री समाज नेपालले नागरिकता सम्बन्धि अध्यादेशको विरोध गरेको छ । सो विधेयकलाई सो समाजले विदेशीको स्वार्थमा ल्याइएको बताएको छ । राष्ट्रपतिद्वारा जारी जारी ‘नेपालको नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८’ भारतको स्वार्थमा ल्याइएको दावी गर्दै उक्त अध्यादेश खारेज गर्न माग पनि क्षत्री समाज नेपालले गरेको छ ।
नागरिकता प्राप्तिका लागि अध्यादेशद्वारा अगाडि सारिएका प्रावधान राष्ट्रघाती रहेको भन्दै सो समाजले अध्यादेश खारेजीको माग गरेको हो । बुधबार समाजका केन्द्रिय सदस्य उद्धब खत्री ( बद्री ) केसीले सिधा दृष्टि सङ्ग कुरा
गर्दै उक्त अध्यादेशको दफा ( ३ ) को उपदफा ( ४ ) तथा ( ५ ) राष्ट्रियताका लागि निकै घातक रहेको जनाएका छन् ।