मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपतिले मलाई प्रधानमन्त्रीमा नियुक्त नगरेर संविधानको ठाडो उल्लंघन गर्नुभयो : देउवा
भर्खरै

राष्ट्रपतिले मलाई प्रधानमन्त्रीमा नियुक्त नगरेर संविधानको ठाडो उल्लंघन गर्नुभयो : देउवा

  • सिधा दृष्टी बिहिबार, जेष्ठ १३, २०७८ | May 27, 2021

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

बिहीबार नेपाल प्रेस युनियनको ३० औँ स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राष्ट्रपतिले सांसदहरुको हस्ताक्षर भेरिफाइ नगरी आफूलाई प्रधानमन्त्रीमा पेस गरेको दाबी अस्वीकार गरेर संसद विघटनको सिफारिस सदर गरिदिएको आरोप लगाएका हुन् ।

‘संविधानको धारा ७६ को ५ अनुसार १४९ सांसदको हस्ताक्षरसहित मैले प्रधानमन्त्रीमा दाबी गर्दै मैले राष्ट्रपतिलाई बुझाएको थिएँ,’ उनले भने, ‘तर उहाँले हस्ताक्षर भेरिफाइ नगरी दाबीलाई

सिधै अस्वीकार गरिदिनुभयो । यो संविधान विपरीतको काम हो । ’

देउवाले प्रधानमन्त्रीका लागि बहुमत सांसदको हस्ताक्षरसहितको दाबी अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको उक्साहटमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

‘बहुमत सांसदको समर्थनमा प्रधानमन्त्रीका पेस गरेको दाबी अस्वीकार गरेर त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा मध्यरातमै संसद विघटनको निर्णयलाई सदर गरिदिनुभयो,’ उनले भने, ‘त्यसैले राजनीतिक र संवैधानिक संकट आइपरेकाले हामी अदालत गएका हौं ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय