• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, असार ७, २०७८ | Monday 21st June 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अदालतलाई भरोसा गरौं कि नगरौं ? आशंका छ
भर्खरै

अदालतलाई भरोसा गरौं कि नगरौं ? आशंका छ

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ११, २०७८ | May 25, 2021
yoho2

अभिषेक श्रेष्ठ । यतिबेला मुलुकको ध्यान कोरोना महामारीमा केन्द्रीत हुनुपर्ने हो । तर बिडम्बना अहिले सबैको ध्यान सर्वोच्च अदालततर्फ छ । प्रधानमन्त्री केपी शर्मा ओली , उनको दल नेकपा एमाले मात्रै नभएर विपक्षी राजीतिक दलहरुको गठबन्धनसंगै बौद्धिकवर्ग, संविधानविद् र सञ्चार माध्यमको ध्यान पनि अदालत तर्फ नै केन्द्रीत छ । कोरोना महामारी नियन्त्रण र रोकथाममा केन्द्रीत हुनुपर्ने ध्यान अदालत तर्फ किन छ त ? भन्ने प्रश्न अहम हो । बास्तवमा देशको सर्वोच्च न्यायालय तर्फ देशको ध्यान हुनु अन्यथा भने होइन ।

Real Shoes 1

कारण राष्ट्रपति विद्यादेवी भण्डारीको आड भरोसामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको अवैधानिक रुपमा संसद विघटनको निर्णयका कारण नै आज सबैको ध्यान अदालत तर्फ सोझिएको हो । अझ प्रतिनिधिसभाका १४६ जना सांसद सर्वोच्च अदालतमा उपस्थित भएर संसद विघटनको निर्णय उल्टाउँदै विपक्षी गठबन्धनका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्न परमादेश जारी गर्न माग गरेपछि अब अदालतबाट कस्तो फैसला आउँला भन्ने कौतुहलता सबैको मनमा छ । के साँच्चै सर्वोच्च अदालतबाट विधिको शासन र न्यायको पक्षमा फैसला आउला त ? यसमा सन्देह छ ।

बिपक्षी गठबन्धन, प्रतिनिधिसभाका बहुमत सदस्य, सारा सञ्चार माध्यम, संविधानविद् तथा कानुनविद् का साथै बौद्धिक तप्का र नागरिक समाजले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र निरंकुश करार गरिसकेको अवस्थामा सम्मानित अदालतबाट सोही अनुकुल फैसला आउने छ भन्ने धेरैको अनुमान छ । जुन स्वभाविक हो । अर्थात बिगतमा जस्तै संसद विघटनको निर्णय अदालतबाट उल्टिने छ भन्नेमा धेरै विश्वस्त छन् । सम्भवत अदालतले पनि त्यस्तै निर्णय गरिदेला । आशा गरौं । तर पछिल्लो घटनाक्रम्मले अदालतप्रति आशंका पनि जन्माएको छ । कारण सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र समशेर राणा र प्रधानमन्त्री ओलीका बीचमा मध्यरातमा भेट भएको भन्दै सञ्चार माध्यममा जुन खालका समाचार आएका छन् , यस्ले हामी जस्ता आम नागरिकमा आशंका उत्पन्न भएको छ । अदालतबाट विधिको शासन र न्यायको पक्षमा फैसला आउला भन्नेमा अझै पनि यसै भन्न नसकिने अवस्था सिर्जना भएको छ । मध्यरातमा प्रधानन्यायाधीस र प्रधानमन्त्री बीच भेटवार्ता भएको र प्रधानमन्त्रीले आफुलाई सहयोग गर्न आग्रह गरेको भन्ने भनाइले आशंकामा थप बल पुगेको छ । प्रधानमन्त्री विरुद्ध अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको समयमा स्वंयम प्रधानमन्त्रीबाट अदालतबाट सहयोगको अपेक्षा राख्दा न्यायालयप्रति नै मानिसले प्रश्न गर्न थालेका छन् । प्रधानमन्त्रीले अदालतबाट कस्तो सहयोगको अपेक्षा राखेका हुन् , त्यो खुलिसकेको छैन । वा यो जानकारी प्रधानमन्त्री आफैलाई होला तर सामान्यतया अदालतमा आफूविरुद्ध मुद्दा विचाराधीन अवस्थामा भएको बेला प्रधानमन्त्रीले सहयोग माग्नु भनेको आफ्नो पक्षमा फैसला गरिदेउ भन्ने सोझो अर्थ लाग्छ । र सबैले बुझ्ने यही नै हो ।

प्रधानमन्त्री निवास बालुवाटार र प्रधानन्यायाधीस को सरकारी निवास एउटा पर्खालले मात्रै विभाजन गरेको छ । अर्थात यी दुई निकायका निवास एक आपसमा जोडिएका छन् । एक आपसमा निवास जोडिएका प्रधानमन्त्री र प्रधानन्यायाधीस मध्यराती भेटघाट गरे भन्ने कुरामा थप बल मिल्छ । जे होस प्रधानमन्त्री ओली र प्रधानन्यायाधीस राणाका बीचमा भेटघाट भएकै रहेछ र ओलीले सहयोगको अपेक्षा राखेको भएपनि सम्मानित अदालतबाट न्याय र विधिको पक्षमा संविधानको पक्षमा फैसला आउने छ भन्ने आम नागरिकले अपेक्षा राखेका छन् । भलै अदालतबाट जस्तो फैसला आएपनि सम्मान त गर्नै पर्छ ।

 

लेखक श्रेष्ठ सद्भाव नेपालका अध्यक्ष, तरुणदल चन्द्रागिरि नगर प्रचारप्रसार विभाग प्रमुखका साथै युवा सजगता अभियान चन्द्रागिरि नगर संयोजक हुन् । लेखमा व्यक्त विचार लेखकका नीजि विचार हुन् ।

 

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
उपत्यकामा बार अनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन्?

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक सहयोग

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि रु. १ लाख २५ हजार को चेक हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगर सहकारी समन्वय समितिका सल्लाहकार, नेफ्स्कूनका कोषाध्यक्ष

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
सुन तथा चाँदीको भाउ घट्यो

काठमाडौं ।  केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घन्टामा थप २४ सय ४२ संक्रमित थपिए, ५१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
४० हजार घुस सहित धादिङका सहायक वन अधिकृत पक्राउ

धादिङ । धादिङको निलकण्ठ सव(डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४०,००० हजार घुससहित पक्राउ परेका छन् ।

पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

बाँके। कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। हाल यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्।

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका१३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

‘अहिले भर्खरै मेरो एपोलो अस्पताल दिल्लीमा पूर्वप्रधानमन्त्री खनालसँग भिडियोमा कुराकानी भयो । उहाँको स्वास्थ्यमा उल्लेखीय सुधार भएको छ ।  ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
दलित जात भनेर कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्।

उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
नेप्सेमा ६३ अंकको गिरावट

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३ अंकले घटेको छ। आज कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचकमा ठूलो गिरावट आएको हो।

उक्त अंकको गिरावटसँगै परिसूचक २९ सय ५ अंकमा आइपुगेको छ। यस क्रममा आज ११

  • १८ घन्टा अघि