बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बर्दियामा पनि १० दिन थपियाे निषेधाज्ञा
भर्खरै

बर्दियामा पनि १० दिन थपियाे निषेधाज्ञा

  • सिधा दृष्टी सोमवार, जेष्ठ १०, २०७८ | May 24, 2021

बर्दिया । यसअघि जिल्लाभर जेठ १० गतेसम्मका लागि लागु गरिएकाे निषेधआज्ञा थप १० दिनका लागि लम्ब्याइएको छ । बर्दियामा कोरोना संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्न थालेपछि स्थानीय प्रशासनले जेठ १० गते सम्मका लागि जारी गरेको निषेधाज्ञा अब जेठ २० गतेसम्म बढाएको हो ।

साथै भारतबाट आउनेहरुलाइ अनिवार्य क्वारेन्टाइनमा बस्न पनि भनिएको छ । जिल्लाका ८ वटै पालिकामा संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले लकडाउन बढाएको हो ।

यस अवधिमा दैनिक उपभोग्य वस्तु- तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ बजे देखि

९ बजेसम्म सन्चालन गर्न पाइनेछ । आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय